Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिङ–पोखरा सडक विस्तारको क्रममा तनहुँमा पौने ७ हजार रुख काटिने

मुग्लिङ–पोखरा सडक विस्तारको क्रममा तनहुँमा पौने ७ हजार रुख काटिने

इच्छाकामना न्युज

१०, भाद्र २०७८
मुग्लिङ–पोखरा सडक विस्तारको क्रममा तनहुँमा पौने ७ हजार रुख काटिने
images

 तनहुँ, १० भदौ । विस्तार शुरु प्रक्रियामा रहेको पृथ्वी राजमार्गअन्र्तगत मुग्लिङ पोखरा सडकको विस्तारका क्रममा ६ हजार सात सय ५० रुख काटिने भएको छ । ८१ किलोमिटर सडकलाई चार लेनको बनाउनका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएर काम अघि बढ्न थालेको छ ।

images
images

तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्म ४० किलोमिटर र जामुनेबाट पोखराको पृथ्वी चोकसम्मको अर्को ४१ किलोमिटर खण्डका लागि गरी दुई बेग्ला बेग्लै ठेकेदार नियुक्त भएर प्रक्रिया अघि बढाइरहेका छन् ।

तीन वर्षभित्र काम

तीन वर्षभित्र काम सक्ने गरी जिम्मा पाएका ठेकेदारले काम थाल्नुअघि विस्तारका क्रममा राजमार्गअन्र्तगत सडक क्षेत्रमा पर्ने रुख काट्नका लागि लगत राखेर काम अघि बढाउन थालिएको आयोजनाको आँबुखैरेनी–जामुने प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । ‘काट्नुपर्ने रुखको लगत निकालेर अब कसरी अनि कहिले थाल्ने भन्ने गृहकार्य थालिएको छ,’ उनले भने ।

आयोजनाले यस अघि म्याग्दे गाउँपालिकाको गुणादीबाट जामुने क्षेत्रमा दुवैतर्फ गरी आठ किलोमिटर विद्युतका लाईन स्थानान्तरण गरेको छ । अब विद्युत लाईन सार्ने कामसँगै राजमार्गमा परेका रुख कटानलाई प्राथमिकता दिइएको छ । सुवेदीले भने केही दिनमै यसको प्रक्रिया अघि बढाउने योजना रहेको बताए ।

वन डिभिजन तनहुँसँग आयोजनाले आफ्ना प्राविधिकका तर्फबाट तयार पारिएको सूची बुझाएर छलफल अघि बढाएको छ । ‘विकासका योजना गर्दा रुख काट्नुपर्ने बाध्यता हो,’ डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने,‘सकेसम्म पर्यावरणमा कम असर पार्ने गरी काम गर्न सुझाव दिएका छौं ।’

साढे १३ अर्ब लागत

एसियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुन लागेको सडकका लागि आँबु दमौली खण्डको ४१ किलोमिटर सडकका लागि ६ अर्ब २० करोड तथा जामुनेबाट पोखरा पृथ्वी चोकसम्मको खण्डका लागि ७ अर्ब ४० करोड गरी १३ अर्ब ६० करोड लागत अनुमान गरिएको छ । दुवै तर्फका सडकमा आयोजना कार्यालय तथा ठेकेदारको सम्पर्क कार्यालय समेत राखेर काम अघि बढाउन थालिएको छ ।

तनहुँ प्रशासनले समेत आयोजनाका लागि आवश्यक सहजीकरणको काम भैरहेको जनाएको छ । ‘सडकका लागि आवश्यक निजी जग्गाका लागि मुआब्जाको प्रक्रियामा पनि सघाइरहेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले भने,‘आवश्यक काममा सहजीकरण भैरहेको छ ।’.

दमौली न्यूजबाट

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ०९:०२:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology