Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको स्थानीय तहहरुमा साढे २३ करोडको बेरुजु देखियो, सबैभन्दा कम शहिद लखन गाउँपालिकाको साढे ८ लाख मात्र बेरुजु

गोरखाको स्थानीय तहहरुमा साढे २३ करोडको बेरुजु देखियो, सबैभन्दा कम शहिद लखन गाउँपालिकाको साढे ८ लाख मात्र बेरुजु

चित्र बहादुर गुरुङ

५, भाद्र २०७८
गोरखाको स्थानीय तहहरुमा साढे २३ करोडको बेरुजु देखियो, सबैभन्दा कम शहिद लखन गाउँपालिकाको साढे ८ लाख मात्र बेरुजु
images

गोरखा, ५ भदौ । आर्थिक वर्ष २०७६/७७ मा गोरखाको स्थानीयतहहरुको बेरुजु झण्डै साढे २३ करोड देखिएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका ११ वटा स्थानीय तहले २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ अनुशासन विपरीत खर्च गरेको उल्लेख छ । जिल्लाका ११ स्थानीय तहको १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत बेरुजु देखिएको हो।

images
images

महालेखाको प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढि चुमनुब्री गाउँपालिकाको ७.५८ प्रतिशत बेरुजु देखिएको छ। गाउँपालिकाको ४७ करोड ३८ लाख ३७ हजारको लेखापरीक्षण हुदाँ ३ करोड ५८ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको छ। 

यस्तै जिल्लामा सबैभन्दा कम बेरुजु शहिद लखन गाउँपालिकाको देखिएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ जम्मा ०.१० प्रतिशत अर्थात ८ लाख ६८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो। शहिद लखन गाउँपालिका लेखापरीक्षण भएका देशभरका ६९९ वटा स्थानीय तह मध्य सबैभन्दा कम बेरुजु आउनेमा रकम र प्रतिशतको हिसाबमा चौथो नम्बरमा परेको छ भने गण्डकी प्रदेशमा कम बेरुजु आउनेमा पहिलो नम्बरमा परेको छ। 

यसैगरी जिल्लाको पालुङटार नगरपालिकामा १ अर्ब ५९ करोड ८६ लाख ३६ हजारको लेखापरीक्षण हुदाँ १.२६ प्रतिशत अर्थात २ करोड ९६ हजार बेरुजु देखिएको छ भने गोरखा नगरपालिकामा १ अर्ब ७८ करोड ७५ लाख ३४ हजारको लेखापरीक्षण हुदाँ २.२२ प्रतिशत अर्थात ३ करोड ९६ लाख ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ। 

प्रतिवेदनमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा १ अर्ब ७ करोड ४९ लाख ७२ हजारको लेखापरीक्षण गर्दा ४.६६ प्रतिशत अर्थात ५ करोड १ लाख १ हजार, अजिरकोट गाउँपालिकामा ७५ लाख ३३ हजार ७१ हजारको लेखापरीक्षण गर्दा ०.७६ प्रतिशत अर्थात ५६ लाख ९३ हजार र सिरान्चोक गाउँपालिकामा ७९ करोड ४३ लाख ४१ हजारको लेखापरीक्षण गर्दा २.१२ प्रतिशत अर्थात १ करोड ६८ लाख ५१ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ।

त्यस्तै आरुघाट गाउँपालिकामा ९७ करोड ८३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा ०.५७ अर्थात ५६ लाख ६ हजार, धार्चे गाउँपालिकामा ६३ करोड १४ लाख २७ हजारको लेखापरीक्षण गर्दा ३.८४ अर्थात २ करोड ४२ लाख २३ हजार, गण्डकी गाउँपालिकामा १ अर्ब ५३ लाख ३५ हजार लेखापरीक्षण गर्दा ०.९१ अर्थात ९१ लाख १९ हजार र भिमसेन थापा गाउँपालिकामा ७८ करोड ३४ लाख ४१ हजारको लेखापरीक्षण गर्दा ३.८४ अर्थात २ करोड ७२ लाख ६४ हजार बेरुजु देखिएको छ।

images
प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - १३:३७:०९ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology