Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकाको किसानको उत्पादनमा पहिलो पटक लेवलिङ र ट्रेडमार्क

गोरखाको गण्डकी गाउँपालिकाको किसानको उत्पादनमा पहिलो पटक लेवलिङ र ट्रेडमार्क

इच्छाकामना न्युज

२७, आषाढ २०७८
गोरखाको गण्डकी गाउँपालिकाको किसानको उत्पादनमा पहिलो पटक लेवलिङ र ट्रेडमार्क
images

भुम्लिचोक, २७ असार । गण्डकी गाउँपालीकाले स्थानिय उत्पादनमा लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान गरेको छ । गाउँपालिकाको कार्यलय भुम्लिचोकमा एक कार्यक्रमगरी बेली चम्ली कृषि तथा पशुपन्छी अर्गानिक फार्म र मनकामना बृडीङ एन्ड रिसर्च सेन्टरलाई लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान गरिएको हो ।

images
images

गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरले कृषि फार्मका संचालकहरु गोकुल पन्त र जोन गुरुङलाई लेवलिङ्ग तथा ट्रेडमार्क प्रदान गर्नु भएको थियो ।

16259712315-5.jpg

गाउँपालिका भित्र उत्पादित खाद्यान्न बस्तुहरुलाई बजारीकरण गर्ने उदेश्यले लेवलिङ्ग तथा ट्रेडमार्क गरिएको गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिनुभयो ।

स्थानिय उत्पादनमा लेवलिङ्ग तथा ट्रेडमार्क कार्यक्रम गण्डकी गाउँपालिका, पुर्णिमा परियोजना र फेज नेपालको संयुक्त साझेदारीमा गरिएको हो । उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगर, उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत पुरन गुरुङ, कृषि विकास शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ २७, २०७८ आइतवार - ०८:४३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology