Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखा गण्डकी गाउँपालिकाको बजेटः करिब ६० करोड

गोरखा गण्डकी गाउँपालिकाको बजेटः करिब ६० करोड

एकल पुरुषलाई पनि मासिक भत्ता दिने कार्यक्रम सार्वजनिक

इच्छाकामना न्युज

१०, आषाढ २०७८
गोरखा गण्डकी गाउँपालिकाको बजेटः करिब ६० करोड
images

भुम्लिचोक, १० असार । गोरखाको गण्डकी गाउँपालिकाले आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज बिहिवार सार्वजनिक गरेको छ । गाउँपालिकाको आठौं गाउँ सभा बैठकमा गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

images
images

गाउँपालिकाले नीति तथा कार्यक्रममा कोरोना भाइरस नियन्त्रण तथा रोगथामलाई प्रमुख प्राथमिकता दिएको छ । कोरोनाको रोकथामका लागि संचालनमा रहेको आइसोलेसन केन्द्र र अस्थायी अस्पताललाई व्यवस्थित बनाइने योजना समेटिएको छ ।

त्यस्तै कोरोनाको जोखिममा परेका जनताहरुको टोलटोलमै गई च्म्त् तथा PCR परिक्षणलाई निरन्तरता दिईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पुर्वाधार विकास अन्तर्गत गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यलय भवन निर्माण गर्ने नीति लिएको छ । गाउँपालीकाले एक वडा एक मुख्य सडक निर्माण र स्तरोन्नति गर्ने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

संघीय सरकारको साझेदारीमा आग्रीडाडा दलभञ्याङ रानिश्वारा कौदी पौवा कुवापानी वतासेभञ्याङ सडकको कालोपत्रेलाई निरन्तरता दिइने अध्यक्ष होम बहादुर रानाले बताए ।

त्यस्तै ५ लाख सम्मका आयोजनाका हकमा हेवि उपकरणहरु प्रयोगमा रोक लगाउने र बेरोजगार श्रमिकलाई काम लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सम्वाभित बिपदको प्रकोपलाई मध्यनजर गरि ठुला ठुला प्रकृतिक खानेपानी वा अन्य योजनाहरुको प्रमुख संरचनाहरुको विमा गर्ने कार्यको थालनी गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कृषि तथा पशुपक्षी विकास अन्तर्गत गाउँपालिका भित्र रहेका रैथाने बाली तथा पशुपक्षीहरु जस्तै घैया धान, मकै, कोदो, खरी बाख्रा आदिको उत्पादन संरक्षण तथा प्रवर्द्धनमा जोड दिएको छ । दूध, अन्डा, मासुमा आत्मनिर्भर हुने नीति लिइएको छ ।

त्यस्तै दूध तथा दुधजन्य पदार्थ उत्पादन गर्न कृषक, कृषि फर्म सहकारी, समुहलाई सहयोगमा दुध चिस्यान स्थापनाको लागि सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पर्यटन विकास अन्तर्गत साहसिक खेल मानिने प्याराग्लाइडिंगको सफल परिक्षण उडान भएका स्थानहरु भैरवी र थामडाडामा व्यवसायीक उडानका लागि आवश्यक व्यवस्था गरिने अध्यक्ष रानाले जानकारी दिए ।

श्रम तथा रोजगार प्रवर्द्धन अन्तर्गत गाउँपालिका भित्र रहेका बेरोजगार व्यक्तीहरुको तथ्यांक संकलन तथा विश्लेषण र बेरोजगार व्यक्तीहरुको सुची अध्यावधिक गर्दै रोजगार बैकंको स्थापना गरिने नीति समेत रहेको छ ।

गरिबी निवारणका लागि लघु उद्यमी विकास कार्यक्रम संचालन गरि नयाँ लघु उद्यमीहरु थप्ने नीति लिएको छ । स्थानिय स्तरको ज्ञान, सीप, मूल्य, मान्यता, संस्कृति र प्रविधिका संरक्षण, प्रवद्धन र स्तरीकरण गर्ने स्थानिय पाठ्यक्रम निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्य अन्तर्गत बालमृत्युदर तथा मातृमृत्युदर घटाउने र घरमा हुने प्रसुती शून्य बनाउने अभियानलाई निरन्तरता दिइने नीति लिएको छ ।

सामाजिक सुरक्षा तथा पंजिकरण अन्तर्गत ६० बर्ष माथिका, जिवनमा एक पटक पनि विवाह नगरेका, गाउँपालिका भित्रका लैगिक यौनिक अल्पसंख्यक र राज्यको सामाजिक सुरक्षा मापदण्ड भित्र नपरेका एकल पुरुषहरुलाई मासिक १५ सय का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गरिने अध्यक्ष रानाले बताए ।

सुशासन तथा संस्थागत विकास अन्तर्गत स्वीकृत दरबन्दी संरचना र नगर प्रहरी ऎन बमोजिम नगर प्रहरी व्यवस्थापन गरिने नीति लिएको छ । 

त्यस्तै गाउँपालिका भित्र नै एक सय वाट सम्मको एफ एम रेडियो संचालनको लागि निजि क्षेत्रलाई आवश्यक सहजीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

गाउँपालिकाले बजेट भने नीति तथा कार्यक्रममा छ्लफल गरेपछि मात्रै ल्याउने अध्यक्ष होम बहादुर रानाले बताए । यद्यपी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब ६० करोडको हुने अध्यक्ष रानाले बताए।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी, ८ वटै वडाको वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्तिथि रहेको थियो ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - २२:१३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology