Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गण्डकी गाउँपालिका सहित गोरखाको ६ स्थानीय तहले आज निति, कार्यक्रम तथा बजेट ल्याउदै

गण्डकी गाउँपालिका सहित गोरखाको ६ स्थानीय तहले आज निति, कार्यक्रम तथा बजेट ल्याउदै

इच्छाकामना न्युज

१०, आषाढ २०७८
गण्डकी गाउँपालिका सहित गोरखाको ६ स्थानीय तहले आज निति, कार्यक्रम तथा बजेट ल्याउदै
images

भुम्लिचोक, १० असार । गोरखाको गण्डकी गाउँपालिका सहित छ वटा स्थानीय तहले आज नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछन् । असार १० गतेभित्र आउँदो वर्षको नीति कार्यक्रम बजेट ल्याउनुपर्ने प्राबधान छ । 

images
images

जस अनुसार यस वर्ष गण्डकी गाउँपालिकाले समयमै नीति कार्यक्रम बजेट ल्याउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङले जानकारी दिए। गण्डकी गाउँपालिकामा गत वर्ष केन्द्र विवादका कारण समयमै गाउँसभा गर्न सकेका थिएनन्।

आज नीति, कार्यक्रम र बजेट ल्याउने अन्य पालिकाहरुमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका र धार्चे गाउँपालिका छन् ।

अजिरकोट गाउँपालिकाले नीति कार्यक्रम ल्याईसकेको छ भने बजेट बिहिवार ल्याउने जनाएको छ । शहीदलखन गाउँपालिकाले नीति कार्यक्रम र बजेट बुधवार नै ल्याईसकेको छ भने आरुघाट र चुमनुब्री गाउँपालिकाले ल्याउन बाँकी छ । चुमनुब्री गाउँपालिकाले एक साताभित्र नीति कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरिरहेको जनाएको छ ।

आरुघाट गाउँपालिकाले सबै तयारी पूरा गरेको र अध्यक्ष पूर्ण दाहाललाई कोरोना संक्रमण देखिएकाले केहीदिन पर धकेलिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए ।

बिहिवार बजेट ल्याउन तयारी गरेका स्थानीय तहमा बुधवार दिनभर कार्यपालिका बैठक भएका थिए । बजेट तथा योजनामा छलफल भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

images
प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - ११:४९:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology