Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युनियन लाइफ इन्स्योरेन्स आँबुखैरेनीद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण 

युनियन लाइफ इन्स्योरेन्स आँबुखैरेनीद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण 

इच्छाकामना न्युज

२७, जेठ २०७८
युनियन लाइफ इन्स्योरेन्स आँबुखैरेनीद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण 
images

आँबुखैरेनी, २७ जेठ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले आँबुखैरेनी गाउँपालिका–३ छबिसे टोल स्थित स्वर्गीय गंगा सिह तामाङको परिवारलाई मृत्यु दावी भुक्तानी रकम बापत रु। २० लाख ५६ हजारको चेक हस्तान्तरण गरेको हो । 

images
images

युनियन लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय पोखराका प्रबन्धक टुल्कनाथ आचार्य, सिनियर स्टार म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना, एजेन्सी म्यानेजर भोला गंगाजु, शाखा प्रमुख सबिता भट्टराई, वडा सदस्य दिनेश केसि लगायतको उपस्थितिमा आज बिहान मृतकको घरमै पुगी मृतकका छोरा हकवाला पिटर तामाङलाई सो दाबी भुक्तानी रकम बराबरको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ। 

एजेन्सी म्यानेजर भोला गंगाजु मार्फत कम्पनीको आँबुखैरेनी शाखा कार्यालयबाट ०७७ माघमा जीवन बीमा गर्नुभएका तामाङको २ महिनापछि ४२ बर्षको उमेरमा मृत्यु भएको थियो। 

पहिलो किस्ता बापत तामाङले ८० हजारको बिमा शुल्क जम्मा गर्नुभएको थियो ।कम्पनीका शाखा प्रवन्धक सविता भट्टराईले बीमा कम्पनी सामाजिक सेवा प्रदायक संस्था भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी दिनुभएको छ।
 
उहाँले बीमा बचत मात्र नभएर दुखको बेला आर्थिक पाटो सबल बनाउन दरिलो सारथी भएकाले पनि आफ्नो क्षमता अनुसार जीवन बीमा गर्न सबैलाई आग्रह गरेकी छिन् ।

images
प्रकाशित मिति :जेठ २७, २०७८ बिहिवार - १९:५७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology