Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
TRENDING
images

सरकार गठनबारे दलहरुले थाले छलफल 

सरकार गठनबारे दलहरुले थाले छलफल 

images

इच्छाकामना न्युज

२८, बैशाख २०७८
सरकार गठनबारे दलहरुले थाले छलफल 
images

काठमाण्डौ, २८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरुले छलफल थालेका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपति भण्डारीले पर्सि सम्मको समय दिएर नयाँ सरकारका निम्ति आह्वान गर्नुभएको छ ।  राष्ट्रपतिको आह्वानपछि विपक्षी गठबन्धन नयाँ सरकार बनाउने बारे छलफलमा जुटेका छन् ।

सरकार गठनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सभापति देउवालाई भेट्न प्रचण्ड बूढानीलकण्ठ पुग्नुभएको थियो ।  सभापति देउवाले तीन दल काँग्रेस, माओवादी र जनता समाजवादी पार्टी जसपाका नेताहरुको छलफल राख्नुभएको थियो ।  

तर जसपा आन्तरिक रुपमा प्रष्ट नभएपछि देउवाले बैठक स्थगित गर्नुभएको छ । सरकार गठनबारेमा एमालेका नेता झलनाथ खनाल, माधब नेपाल पक्षका नेताहरु बीचमा पनि छलफल भैरहेको छ । 

images
प्रकाशित मिति :बैशाख २८, २०७८ मंगलवार - १९:५५:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology