भरतपुर। निर्माण व्यवसायी संघ चितवनको ३२औँ साधारण सभा तथा १७औँ अधिवेशनमा कोषाध्यक्ष पदका लागि बसन्त खरेलले उम्मेदवारी दिनुभएको छ। संघका अनुसार साधारण सभाको उद्घाटन कार्तिक १४ गते र अधिवेशन कार्तिक १५ गते हुनेछ। । भरतपुर महानगरपालिका–७ स्थित दाजुभाइ निर्माण सेवासँग आबद्ध खरेलले संघको आगामी कार्यकालका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
निर्माण व्यवसायी संघको आर्थिक व्यवस्थापन महत्वपूर्ण जिम्मेवारी भएकाले कोषाध्यक्षको भूमिकालाई विशेष रूपमा हेरिन्छ। संघको आयव्ययको व्यवस्थित अभिलेख राख्ने, आर्थिक विवरण पारदर्शी बनाउने तथा संस्थाको वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउने जिम्मेवारी कोषाध्यक्षसँग सम्बन्धित रहनेछ।
अधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिले संघका आगामी गतिविधि तथा संस्थागत व्यवस्थापनलाई अघि बढाउनेछ। खरो स्वभाव र स्पष्ट विचारका खरेल विभिन्न सामाजिक तथा व्यावसायिक संघसंस्थामा समेत आबद्धता रहेको छ । निर्माण व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका खरेलको उम्मेदवारीलाई संघको नेतृत्व चयनका क्रममा चासोका साथ हेरिएको छ।