Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रभु बैङ्कका सिइओ शेरचनसहित तीन पक्राउ

प्रभु बैङ्कका सिइओ शेरचनसहित तीन पक्राउ

इच्छाकामना न्युज

१५, मंसिर २०८२
प्रभु बैङ्कका सिइओ शेरचनसहित तीन पक्राउ
images

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ । बैङ्किङ कसुरसम्बन्धी राष्ट्र बैङ्कको प्रतिवेदनका आधारमा सिआइबीको टोलीले शेरचनलाई बिजुलीबजारस्थित प्रभु बैङ्कको प्रधान कार्यालयबाटै पक्राउ गरेको हो । 

images
images

शेरचन पक्राउ गर्नुअघि गत कात्तिक २२ गते सिआइबीले प्रभु बैङ्कको सो प्रमुख कार्यालयमा छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

त्यसअघि गत कात्तिक ११ गते सिआइबीले प्रभु समूहका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनलाई पक्राउ गरेको थियो । देवीप्रकाशमाथि प्रभु म्यानेजमेन्ट कम्पनीको ९८ करोड रुपियाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको उजुरीपछि सिआइबीले अध्यक्ष भट्टचन र सिइओ शेरचनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । 

सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाबारे आवश्यक अनुसन्धानका लागि सिइओ शेरचनलाई आइतबार पक्राउ गरिएको जानकारी दिनुभयो । पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि बैङ्कको कर्जा अपचलन गरेको कसुरमा सिआइबीले अनुन्धान गरिरहेको छ । तत्कालीन अध्यक्ष भट्टचन र सञ्चालक कुसुम लामाको संयुक्त कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिबाट करिब एक अर्ब रुपियाँ  हिनामिना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

विसं २०६९ मङ्सिरदेखि विसं २०८१ जेठसम्म अध्यक्ष भट्टचन र सिइओ शेरचनको संलग्नतामा प्रभु म्यानेजमेन्ट प्रालिमार्फत झन्डै तीन हजार सहकारी संस्थालाई मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ खडा गरी झन्डै अर्ब रुपियाँ धरौटीबापतको रकम उठाएर हिनामिना गरेको पाइएको छ । कम्पनी प्रभु म्यानेजमेन्ट कम्पनीकी अध्यक्ष कुसुम लामा, ठाकुरप्रसाद मानन्धरलगायतको जाहेरीपछि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अन्तर्गतको कसुरमा शेरचन र भट्टचनमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । 

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - ११:३६:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology