Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

थाइल्यान्डबाट भैरहवा अवतरण गर्ने बढे

थाइल्यान्डबाट भैरहवा अवतरण गर्ने बढे

इच्छाकामना न्युज

८, मंसिर २०८२
थाइल्यान्डबाट भैरहवा अवतरण गर्ने बढे
images

काठमाडौं । थाइल्यान्डको बैङ्ककबाट भैरहवा आएको थाई एयर एसियाको विमान आइतबार लगभग पूर्ण क्षमतासहित अवतरण गरेको छ । विमान १६१ जना यात्रु लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश यात्रु बौद्ध धर्मावलम्बी छन् ।

images
images

कात्तिक ९ गतेदेखि बैङ्कक–भैरहवा–बैङ्कक नियमित उडान गर्दै आएको थाई एयर एसियाले यसअघि भैरहवाबाट प्रस्थान गर्ने यात्रु सङ्ख्या उल्लेख्य भए पनि भैरहवा आउने यात्रु कम थिए । आइतबार भने आगमन सङ्ख्या एक्कासि बढेको विमानस्थलले जनाएको छ । आइतबार नै भैरहवाबाट बैङ्ककका लागि १४५ जना यात्रु प्रस्थान गरेका छन् ।

आइतबारको चहलपहलले विमानस्थलको आगमन कक्षमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनाबारे उत्साह थपेको पर्यटन व्यवसायी सागर गिरीले बताउनुभयो । अघिल्लो वर्ष कात्तिकदेखि चैतसम्म थाई एयर एसियाले भैरहवामा नियमित उडान भरेको थियो । चैतपछि रोकिएको उडान केही समयपछि पुनः सुरु भएको हो ।  

images
प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - ०८:२३:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology