Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन, आइतबार अन्त्येष्टि गरिने

गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन, आइतबार अन्त्येष्टि गरिने

images

इच्छाकामना न्युज

१०, श्रावण २०८२
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन, आइतबार अन्त्येष्टि गरिने
images

१० साउन, चितवन । नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उgको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गर्नुभएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए ।

नेपाली कांग्रेस विभाजन हुँदा उहाँ प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए ।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन् ।

७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए ।

विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका थिए ।

गुरुङका छोरा देश बाहिर रहेकोले आइतबार अन्त्येष्टि गरिनेछ । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती छन् ।

गुरुङको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन् । उनले पार्टीले एक अग्रज र अनुभवी नेता गुमाएको बताएका छन् ।

images
प्रकाशित मिति :श्रावण १०, २०८२ शनिवार - १२:१८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology