Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे

मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे

पत्रपत्रिका

६, श्रावण २०८२
मुस्ताङ घुम्ने विदेशी पर्यटक बढे
images

हरिकृष्ण शर्मा, मुक्तिनाथ (मुस्ताङ) । एक वर्षको अवधिमा मुस्ताङमा डेढ लाखभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाई मार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुँदै गत आर्थिक बर्ष २०८१/०८२ मा १ लाख ५४ हजार ६ सय १ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना–इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । एक्याप जोमसोमका रेञ्जर दिपक ओलीले दिएको जानकारी अनुसार आ.व.२०८१/०८२ मा विभिन्न रुटबाट आउने पर्यटकहरूमा सार्क मुलुकबाट १ लाख २५ हजार  सय ६४ जना र अन्य मुलुकबाट २९ हजार तीन सय ३७ जना रहेका छन् ।

images
images

गत आवमा अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गतको मनाङ हुँदै थोरङ पास गरी मुस्ताङ भित्रिने पर्यटक सङ्ख्या १६ हजार २ सय ७१ जना रहेकोमा सार्क राष्ट्र तीन सय ८८ जना र अन्य राष्ट्र १५ हजार ८ सय ८३ जना रहेको एक्याप जोमसोमको तथ्याङ्कमा उल्लेख छ । थोरङला पासबाट आउने पर्यटकमा सार्क राष्ट्रका तीन सय ८८ अर्थात जम्मा २ प्रतिशत रहेका छन् भने बाँकी अन्य मुलुकबाट १५ हजार ८ सय ८३ जना अर्थात ९८ प्रतिशत रहेका छन् । सार्क राष्ट्रका धार्मिक पर्यटनको प्रमुख आर्कषण मुक्तिनाथ मन्दिर दर्शन गरी फर्किने गरेका छन् भने अन्य राष्ट्रबाट आएका पर्यटकहरूले लामो पदयात्रामा समय बिताउने गरेको पाइन्छ ।

आव २०८०/०८१ मा मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या जम्मा एक लाख २१ हजार तीन सय ५२ जना रहेकोमा सार्क राष्ट्रबाट ९८ हजार दुई सय ५३ जना र अन्य राष्ट्रबाट २३ हजार ९९ जना रहेका थिए । मुस्ताङको भ्रमणमा आएका सार्क राष्ट्रका पर्यटकमा अधिकांश भारतीय पर्यटक रहेको एक्पाय जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो ।

एक्याप जोमसोम प्रमुख गुप्ता भन्नुहुन्छ, ‘‘सार्क राष्ट्रबाट भित्रिने ९५ प्रतिशत भारतीय पर्यटक छन् ।’’ भारतीय सहित सार्क राष्ट्रबाट मुस्ताङ प्रवेश गर्ने अधिकांश धार्मिक पर्यटक मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने गरेको एक्यापले जनाएको छ । एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने भारतीयको सङ्कल्पका कारण नेपाल सरकारको सवारी पास अनुमति लिएर आउने गरेका छन् । तेस्रो मुलुकका पर्यटकको तुलनामा सार्क राष्ट्रबाट आएका पर्यटकले लामो समयसम्म मुस्ताङमा विताउँदैनन् ।

अर्धनिषेधित क्षेत्रको रुपमा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङ, उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिमा चार हजार २१९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका हुन् । अर्धनिषेधित क्षेत्रमा आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्क एक हजार, अन्य राष्ट्रका पर्यटकले तीन हजार एक्यापलाई  तिर्नुपर्छ ।

विदेशी पर्यटकले अध्यागमन विभागलाई १० दिनका लागि पाँच सय रुपियाँ अमेरिकी डलर शुल्क तिर्नुपर्छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० रुपियाँका दरले शुल्क तिर्नुपर्ने नियम भएकाले अधिकांशले तल्लो मुस्ताङबाटै फर्किने गरेको युवा पर्यटन व्यवसायी अमित तुलाचनले बताउनुभयो । यसैबीचगत आर्थिक वर्ष २०८१/०८२ मा स्वदेशी पर्यटक पाँच लाख ५५ हजार ३२६ जनाले भ्रमण गरेका छन् । प्राचिन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तब्य मुस्ताङका प्रमुख आकर्षण रहेको छ । गोर्खापत्रबाट

images
प्रकाशित मिति :श्रावण ६, २०८२ मंगलवार - ०९:२०:४३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology