Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन राष्ट्र बैंकको आग्रह

पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन राष्ट्र बैंकको आग्रह

इच्छाकामना न्युज

३०, बैशाख २०८२
पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन राष्ट्र बैंकको आग्रह
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्याप्त तयारी गरेर मात्रै व्यावसायिक कर्जा लिन आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै व्यावसायिक कर्जा विलासिताका लागि नभई प्रगतिको आधार भएको बताउँदै यस्ता कर्जालाई सही ठाउँमा लगानी गर्न अनुरोध समेत गरेको छ ।

images
images

नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सन्देशमा भनिएको छ । 'व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वपूर्ण साधन व्यावसायिक कर्जा हो।यस्तो कर्जा व्यावसायिक प्रयोजनहरू जस्तै मेसिनहरू खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसायलाई फराकिलो बनाउन वा व्यापार/व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि लिने गरिन्छ । तर, पर्याप्त तयारीबिनै त्यस्तो कर्जा लिइयो भने यो बोझ बन्न सक्छ । स्मरण रहोस् ! व्यावसायिक कर्जा विलासिताका लागि होइन, प्रगतिको आधार हो । कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाऔँ ।'

बुद्धिमानी निर्णय लिई जिम्मेवार रूपमा कर्जाको उपयोग गरौँ ।

nrb_4dgUyUIJNM.jpg

images
प्रकाशित मिति :बैशाख ३०, २०८२ मंगलवार - ०७:३३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology