Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विन नेपाल लघुवित्तको एफपीओ आजदेखि निष्कासन

विन नेपाल लघुवित्तको एफपीओ आजदेखि निष्कासन

इच्छाकामना न्युज

२०, चैत्र २०८१
विन नेपाल लघुवित्तको एफपीओ आजदेखि निष्कासन
images

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप एफपीओ निष्कासन गर्दै छ । लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२।५ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्न लागेको हो ।

images
images

लघुवित्तले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम स्वःपुँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागको हो ।

कम्पनीको एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिभित्र मागअनुसार आवेदन नपरे २०८२ वैशाख ४ गतेसम्म आवेदन अवधि लम्बिनेछ । एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एकहजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ छ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छ ।

images
प्रकाशित मिति :चैत्र २०, २०८१ बिहिवार - ०८:२६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology