Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शेयर बजार ४५ अङ्कले बढेर २७ सय विन्दुमाथि, ५ अर्ब रुपैयाँको कारोबार

शेयर बजार ४५ अङ्कले बढेर २७ सय विन्दुमाथि, ५ अर्ब रुपैयाँको कारोबार

इच्छाकामना न्युज

२६, मंसिर २०८१
शेयर बजार ४५ अङ्कले बढेर २७ सय विन्दुमाथि, ५ अर्ब रुपैयाँको कारोबार
images

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

images
images

आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो चार अर्ब ४१ करोडको शेयर कारोबार भएकोमा आज तीन सय आठ वटा कम्पनीका एक करोड १३ लाख कित्ता शेयर पाँच अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

images
प्रकाशित मिति :मंसिर २६, २०८१ बुधवार - १५:४०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology