Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यो वर्ष तिहारमा बिके ५० करोडको फूल

यो वर्ष तिहारमा बिके ५० करोडको फूल

रासस

२१, कार्तिक २०८१
यो वर्ष तिहारमा बिके ५० करोडको  फूल
images

काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको कारोबार भएको छ। सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको छ ।

images
images

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले गत वर्षकै हाराहारीमा फूलको कारोबार भएको जानकारी दिए। बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ ।

विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।

नेपालमा हाल २२१ हेक्टरमा एक हजार १८४ व्यवसायीले पुष्पखेती गरेका छन्। व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। यसबाट ४४ हजारभन्दा बढी लाभान्वित भइरहेको बादेले जानकारी दिए।

images
प्रकाशित मिति :कार्तिक २१, २०८१ बुधवार - ०९:१४:३० बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology