Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाँउपालिकाको आव ०८१।०८२ को वजेट ६७ करोड ४९ लाख २९ हजार

तनहुँको म्याग्दे गाँउपालिकाको आव ०८१।०८२ को वजेट ६७ करोड ४९ लाख २९ हजार

चालु तर्फ ६६.४५ प्रतिशत र पुजिगत तर्फ ३३.५५ प्रतिशत खर्च

इच्छाकामना न्युज

१२, आषाढ २०८१
तनहुँको म्याग्दे गाँउपालिकाको आव ०८१।०८२ को वजेट ६७ करोड ४९ लाख २९ हजार
images

म्याग्दे । म्याग्दे गाँउपालिकाको आर्थिक वर्ष ०८१।०८१ को वजेट ६७ करोड ४९ लाख २९ हजार आय विवरण पेश भएको छ । गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले चालु तर्फ रु ४४ करोड ८४ लाख २९ हजार र पुँजीगत तर्फ २२ करोड ६५ लाख वजेट प्रस्तुत गरेका छन् । यो सँगै चालु तर्फ ६६.४५ प्रतिशत र पुजिगत तर्फ ३३.५५ प्रतिशत वजेट खर्च  पेश गरेका छन् । 

images
images

जसमा वित्तिय समानीरण अनुदानमावाठ ९ करोड ४८ लाख, शशर्त अनुदान चालु रकमवाट १६ करोड १५ लाख ४९ हजार, शशर्तनुदान पुजिगत तर्फ ४० लाख, राजश्व वाँडफाँड रकम वाट ८ करोड ८४ लाख, विशेष अनुदान पुजिगत रकमवाट १ करोड ३५ लाख, समपुरक अनुदान रकम पुजिगत तर्फ संघिय सरकारवाट १ करोड २० लाख रुपैया आउने प्रक्षेपण गरेको छ ।

यसैगरि आय तर्फ प्रदेश सरकारवाट वित्तिय समानिकरण रकम तर्फ १ करोड २० लाख ९२ हजार, राजश्व वाँडफाँड रकममा ६५ लाख ९० हजार, समपुरक अनुदान रकम ६० लाख, विशेष अनुदान रकम ४० लाख, समाजिक सुरक्षा अनुमानवाट १३ करोड ५० लाख रहेको छ ।

यसैगरि लागत साझेदारीमा नागरिक वाट जम्मा हुने जनसहभागिता र पुर्वाधार निर्माण तर्फ १ करोड ६० लाख, गैसस वाट परिचालन हुने रकम १० लाख, राष्ट्रपति शैक्षिक सुधारवाट ९० लाख,सडकवोर्डको आय वाट २३ लाख, १५ शैयाको अस्पताल अख्तियारी आने अनुमान रकम ५० लाख, शुक्लावाट पुलको लागी आउने रकम २० लाख र लिलाम विक्री तथाा अन्य आम्दानीवाट ३ करोड ५० लाख आम्दानी हुने प्रक्षेपण गरिएको  छ । 

 

images
प्रकाशित मिति :आषाढ १२, २०८१ मंगलवार - ०९:३४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology