आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ आँबुखैरेनी बजारमा संचालित मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड १८ औं वर्षमा प्रवेश गरेको छ । सहकारी ऐन २०४८ अन्तर्गत २०६३ माघ ४ गते दर्ता भई २०६३ फागुन २५ गतेबाट कारोबार शुभारम्भ गरिएको सहकारी आजदेखि १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको हो ।
तात्कालिन समयमा तत्कालिन आँबुखैरेनी गा.वि.स. वडा नं. ६ का ३० जना व्यवसायी, उद्यमी एवं समाजसेवीहरुको अगुवाईमा साना तथा मझौला व्यवसायी, कृषक, मजदुर आदिलाई वित्तिय पहुँच प्रदान गरी आर्थिक तथा सामाजिक स्तर अभिवृदिको लागि सहकारीको स्थापना गरी संचालन गरिएको थियो ।
सो बेला आँबुखैरेनी, छिम्केश्वरी, देउराली, बन्दिपुर र भानु गा.बि.स. कार्यक्षेत्र राखी १० लाख रुपैयाँ शेयर पुँजीबाट सुरुवात गरिएको थियो । हाल संस्थाको शेयर सदस्य संख्या २ हजार ८ सय ५५ र रु. ५ करोड २७ लाख रुपैयाँ शेयर पुँजीका साथ आफ्नै भवनबाट सेवा प्रदान गर्दै आईरहेको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।

संस्थाले हाल बचत संकलन तथा ऋण परिचालनमा साथै रेमिट्यान्स सेवा प्रदान गर्दै आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै मोबाईल बैंकिङ सेवा पनि प्रदान गरेको छ । बहुउद्देश्यीय अन्र्तगत सहकारी मार्ट संचालनको लागि आवश्यक तयारी पुरा गरेतापनि बजारमा देखिएको आर्थिक शिथिलतालाई मध्यनजर गर्दै मार्ट संचालनको काम भने स्थगित गरिएको व्यवस्थापक तिमिल्सिनाले बताउनुभयो साथै हाल संस्थामा १२ जना कर्मचारी कार्यरत छन् भने संस्थाको साधारण जगेडा कोषमा २ करोड ७७ लाख १८ हजार र २ करोड ६७ लाख ७५ हजार गरी जम्मा ५ करोड ४४ लाख ९३ हजार रुपैयाँ विभिन्न कोषमा रहेको उहाँले बताउनुभयो ।
संस्थाले सामाजिक उतरदायित्वलाई पनि निर्वाह गर्दै आईरहेको छ । आँबुखैरेनी गाउँपालिकाको शिक्षा तथा स्वास्थ्य सुधार अभियानको लागि सहयोग गर्न १ लाख ६० हजार प्रदान गरेको छ । धार्मिक महत्व बोकेको पर्व जात्राहरुमा निरन्तर सहयोग गर्दै आएको छ । स्थानिय क्लबद्वारा आयोजित खेलकुद प्रतियोगिता संचालनको लागि सहयोग गर्दै आएको छ ।
राष्टिञय सहकारी बैंकको शेयर सदस्य, जिल्ला सहकारी संघ तनहूँका सदस्य र नेपाल बहुउदेश्यीय केन्द्रिय सहकारी संघमा शेयर सदस्य बन्दै बहुउद्देशीय संघमा संचालक समितिमा संस्थाको तर्फबाट प्रतिनिधित्व गरिएको छ ।