Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने 

खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने 

इच्छाकामना न्युज

२५, पौष २०८०
खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने 
images

चितवन । पूर्वी चितवनको खैरहनीमा हुन गइरहेको नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने भएको छन् ।
आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीका अनुसार महोत्वसमा विभिन्न राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने बताए ।

images
images

माघ १ गते नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र चर्चित गायिका अनु चौधरीको प्रस्तुतीसंगै स्थानीय कलाकारहरूको पनि प्रस्तुती रहने जनाइएको छ । चितवनवासी लगायत आगन्तुकहरूलाइ मनोरञ्जनका लागी यस पटक मनोज गजुरेलको प्रस्तुती राखिएको खिचरा महोत्सवका संयोजक चौधरीले जानकारी दिए ।

महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती  रहने छ । परम्परागत सास्कृतिक ठेकरा, झुमरा, रसधारी, लाठी नाचहरुको प्रस्तुतिका साथै विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति तथा खिचरा डान्स नाइडल रहनेछ । महोत्सव यही पुस २८ देखि माघ १० गते सम्म महोत्सव सञ्चालन हुने छ ।

images
प्रकाशित मिति :पौष २५, २०८० बुधवार - १०:१२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology