Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

उद्यमी बन्दै मुग्लिनका सृजनशील महिलाहरु, खोले साबुन उद्योग

उद्यमी बन्दै मुग्लिनका सृजनशील महिलाहरु, खोले साबुन उद्योग

images

इच्छाकामना न्युज

२२, पौष २०८०
उद्यमी बन्दै मुग्लिनका सृजनशील महिलाहरु, खोले साबुन उद्योग
images

मुग्लिन । चितवन मुग्लिनका महिलाहरुले साबुन उद्योग सञ्चालन ल्याएका छन् । सिर्जनशिल महिला जागरण केन्द्र इच्छाकामनाका १५ जना महिलाहरुले मुग्लिनमा झोल साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । 

417827203_2580703598756361_4783549224944454671_n.jpg

उक्त उद्योगको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच  उद्घाटन गर्नुभयो ।  उद्योगको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सिकेको सीपलाई  व्यवहारमा लागु गरेकोमा सिर्जनशिल महिला जागरण केन्द्र मुग्लिनलाई धन्यवाद र सफलताको शुभकामना दिनुभयो ।  उहाँले  उद्योगका लागि आवश्यक सहयोग गाउँपालिकाले  गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  गाउँपालिकाको कार्यालयमा  यही उद्योगबाट उत्पादन भएका  साबुन प्रयोग गर्ने पनि प्रतिवद्धता  जानउनुभयो । सिर्जनशिल महिला जागरण केन्द्रले स्थापना कालदेखिनै उदाहरणीय काम गर्दै आएको उहाँको  भनाई छ । 

418309059_2580703648756356_4792192851647736715_n.jpg

गाउँपालिका निर्वतमान अध्यक्ष गीता कुमारी गुरुङले सामुहिक रुपमा लागनी गरि उद्योग सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले सिर्जनशिल महिला जागरणल केन्द्रको एकता विश्वास र परिश्रमले उदाहरणीय संस्था बन्न सफल भएको  बताउनुभयो ।  तालिम लिएर मात्र नभई व्यवहारमा लागुपर्नेमा जोड दिनुभयो । 

होटल संघ मुग्लिनका अध्यक्ष  मिन बहादुर श्रेष्ठले होटलहरुमा स्थानिय उत्पादन प्रयोगमा जोड दिइने बताउनुभयो । उहाँले यहाँबाट उत्पादन हुने साबुनको प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।  

416895046_2580703798756341_8818213938511593950_n.jpg

कार्यक्रममा सिर्जनशिल महिला जगारण केन्द्र इच्छाकामना मुग्लिनका अध्यक्ष सावित्री पुडासैनी खनालले महिलाहरुलाई आत्मनिर्भर बनाउन तालिमलााई सदुपयोग गर्दै साबुन उद्योग सञ्चालनमा ल्याएको  बताउनुभयो ।  उहाँले उद्योगको बजारीकरणका  लागि सबैको साथ र सहयोग मिलने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा  गाउँपालिका प्रवक्ता  तथा  वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल ,उद्यमशिल महिला जागरण केन्द्र इच्छाकामनाका अध्यक्ष अप्सरा पौडेल, महिला सञ्जालका अध्यक्ष राधा कडेल, तामिन कृषि सहकारीका अध्यक्ष हरि बहादुर नेपाल  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

416700003_2580705025422885_3803202452018621526_n.jpg

सो अवसरमा  झोल साबुन, हार्पिक र फिनेल बनाउने १५ दिने तालिमको पनि  समापन गरिएको छ ।  प्रदेश सरकार समाजिक मन्त्रालय हेटौँडाको आर्थिक सहयोगमा सम्पन्न १५ दिने तालिमको  समापन गरिएको छ ।  सिर्जनशिल महिला जागरण केन्द्रका अध्यक्ष सावित्री पुडासैनी खनालको सभापतित्व तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो । सरिता सुवेदीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम शान्ति सुनारले सञ्चालन गर्नुभएको थियो ।  सहभागीको तर्फबाट भने सपना अधिकारीले मन्तव्य राख्नुभएको थियो । 

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - २१:४७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology