Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नेपालमै पहिलोपटक कक्षा ५ देखि ८ सम्म रक्तदान शिक्षा समावेश

नेपालमै पहिलोपटक कक्षा ५ देखि ८ सम्म रक्तदान शिक्षा समावेश

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८३
नेपालमै पहिलोपटक कक्षा ५ देखि ८ सम्म रक्तदान शिक्षा समावेश
images

चितवन। नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको छ । भरतपुर महानगरपालिकाले कक्षा ५ देखि ८ सम्मका स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । पाठ्यक्रममा समावेश भएसंगै रक्तदान बारे सचेतना जगाउँदै आइरहेको नेपाल रक्तदाता सङ्गठनले यस कार्यको स्वागत गरेको छ । सङ्गठनले बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो कदम महत्त्वपूर्ण हुने जनाएको छ ।

WhatsApp-Image-2026-10-30-at-7.38.28-AM-768x1173.jpeg

सङ्गठनका प्रवक्ता विपिन पाठकका अनुसार शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवास आचार्यलाई केही समयअघि रक्तदान शिक्षा पाठ्यक्रममा समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको थियो । आधारभूत तहका कक्षा ५, ६, ७ र ८ का विद्यार्थीलाई रक्तदानसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले अघि बढाइएको यो पहलले बालबालिकामा मानवीय भावना र सेवाभाव विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

रक्तदान शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा विस्तार गर्नुपर्नेमा जोड दिँदै सङ्गठनले यसलाई सामाजिक विषयको पाठ्यक्रममा समावेश गरी आगामी शैक्षिक वर्षदेखि देशभरका माध्यमिक तहका विद्यार्थीलाई समेत रक्तदान शिक्षा प्रदान गर्न आग्रह गर्ने योजना रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

‘रक्तदान जीवनदान मात्र होइन, मानवीय भावनाको उदात्त रूप पनि हो,’ सङ्गठनको भनाइ छ । रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवास आचार्यसहित सम्पूर्ण टोली, सहजीकरण गर्ने डा. भोजराज अधिकारी तथा नेपाल रक्तदाता सङ्गठनका सम्पूर्ण सदस्यप्रति सङ्गठनले आभार व्यक्त गरेको छ । बालमस्तिष्कमा मानवताको बीजारोपण गर्ने यो कदम सानो देखिए पनि अर्थपूर्ण र ऐतिहासिक रहेको सङ्गठनले दावी गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १२:१३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology