Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

अमेरिकामा दुई हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु

अमेरिकामा दुई हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८३
अमेरिकामा दुई हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु
images

ओरेगन। अमेरिकाको ओरेगन राज्यमा दुई हेलिकोप्टर आकाशमै एकआपसमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार, बिहीबार दिउँसो स्थानीय समयअनुसार करिब २ः१५ बजे म्याकमिनभिल म्युनिसिपल विमानस्थल नजिकै दुई हेलिकोप्टर ठोक्किएका थिए।

दुर्घटनापछि दुवै हेलिकोप्टर नजिकैको एक निजी कृषि फार्मको खेतमा खसेका थिए। उक्त क्षेत्र ओरेगनको प्रमुख सहर पोर्टल्यान्डबाट करिब ४० माइल दक्षिणपश्चिममा पर्छ। दुर्घटनामा मृत्यु हुनेमध्ये एक हेलिकोप्टरमा सवार दुई जना छन्। उनीहरू टेक्सासकी २२ वर्षीया उडान प्रशिक्षक म्याडी आस्बो र बेलायतका एक प्रशिक्षार्थी पाइलट हुन्। प्रशिक्षार्थीको नाम परिवारलाई जानकारी नदिइएसम्म सार्वजनिक नगरिने प्रहरीले जनाएको छ।

अर्को हेलिकोप्टरका एक्ला चालक ३८ वर्षीय टायलर स्टर्डेभेन्टको पनि मृत्यु भएको छ। उनी ओरेगनको न्युवर्गका बासिन्दा थिए। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड ९एनटीएसबी० र संघीय उड्डयन प्रशासन (एफएए) ले दुर्घटनाबारे अनुसन्धान गरिरहेका छन्। दुर्घटनामा रोबिन्सन आर–२२ र एयरबस एएस–३५० हेलिकोप्टर संलग्न रहेको एनटीएसबीले जनाएको छ।

तीमध्ये एउटा हेलिकोप्टर सञ्चालन गर्ने उडान प्रशिक्षण संस्था जेरी ट्रिम्बल हेलिकोप्टर्सले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ। 

images
प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १२:३१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology