Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना गाउँपालिकाद्वारा ३ दिने माटो परीक्षण शिविर संचालन

इच्छाकामना गाउँपालिकाद्वारा ३ दिने माटो परीक्षण शिविर संचालन

इच्छाकामना न्युज

२१, पौष २०८०
इच्छाकामना गाउँपालिकाद्वारा ३ दिने माटो परीक्षण शिविर संचालन
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाद्वारा तीन दिने माटो परीक्षण शिविर संचालन सुरु गरिएको छ । गाउँपालिकाले शुक्रबारदेखि गाउँपालिकाको प्राङ्गणमै कृषि विज्ञ प्राविधिकहरुको टोली ल्याई माटो परीक्षण शिविर सुरु गरिएको हो ।

images
images

शिविरमा शुक्रबार मात्रै करिब ३०० जना किसानहरुको नमूना माटोको परीक्षण गरिएको छ । शिविर भोली आईतबारसम्म संचालन हुने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । शिविरमा गाउँगाउँबाट किसान र पालिकाका प्राविधिकहरुले संकलन गरि ल्याएको नमूना माटोको परीक्षण गरिएको उहाँले बताउनुभयो ।

किसानहरुको जमिन कुन कृषि उत्पादनको लागि उपयुक्त छ भनेर चेकजाँच गरि किसानहरुलाई सोही कृषि सामाग्री उत्पादनको लागि प्रोत्साहन गर्ने निति अनुरुप माटो परीक्षण गरिएको उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०९:२३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology