कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको पशु सेवा शाखाद्वारा आईतबार देखि सुरु गरिएको रेबिज रोग नियन्त्रणका लागि निःशुल्क खोप अभियान आज तेस्रो दिन पनि जारी रहेको छ । शाखा प्रमुख डा. सुनिल ज्ञवालीको अनुसार अभियान अन्तर्गत आज वडा नं. ५ का माथिल्लो भेगहरुका वेवारिसे तथा घरपालुवा जनावरहरुमा खोप लगाईनेछ ।

उनका अनुसार पहिलो चरण अन्तर्गत ३ वटा वडामा लगाईने खोप अभियानमा अहिलेसम्म १५८ वटा वेवारिसे तथा घरपालुवा जनावरहरुमा खोप लगाईसकिएको छ ।

यस्तै पहिलो चरणमा वडा नं. ४, ५ र ६ मा सुरु गरिएको खोप अभियान ११ गतेसम्म संचालन हुनेछ भने दोस्रो चरण अन्तर्गत अन्य वडाहरुमा असोज १५ गतेदेखि १९ गतेसम्म संचालन हुनेछ ।