कुरिनटार । चितवनको इच्छाकामनामा आजदेखी दोस्रो इच्छाकामना महोत्सव–२०८०सुरु भएको छ। वागमती प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले बाजा बजाएर महोत्सवको उद्घाटन गर्नुभएको हो ।
महोत्सवमा स्वागत मन्तव्य राख्दै महोत्सवका संयोजक तथा इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले विश्वभर भएको आर्थिक मन्दीका कारण कठिन अवस्था सिर्जना भएको अवस्थामा इच्छकामनामा आर्थिक चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले यहाँ भएका धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न पनि महोत्सव आयोजना गरिएको उहाँको भनाई छ । अहिले उद्घाटन सत्र चलिरहेको छ ।
असोज ७ गतेसम्म चल्ने महोत्सवले स्थानीय उत्पादन र पर्यटन प्रवर्द्धनमा विशेष टेवा पुग्ने विश्वास लिइएको छ। जसका लागि महोत्सवमा २०० स्टल राखिएको छ। त्यसमध्ये स्थानीय उत्पादनका १५ वटा स्टललाई निःशुल्क व्यवस्था गरिएको छ ।
करिब एक लाख बढी दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले जनाएको छ। इच्छाकामना मन्दिर, जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर, मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी, लामो झरनालगायतका गन्तव्य अवालेकन गर्न सक्नुका साथै त्रिशूली नदीमा ¥याप्टीङ गर्न सकिने आयोजकले जनाएको छ।
इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव भएको हो।