Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

दोश्रो इच्छाकामना महोत्सवको तयारी पुरा, प्रदेश सांसद कृष्ण सिलवालले भोली उद्घाटन गर्ने

दोश्रो इच्छाकामना महोत्सवको तयारी पुरा, प्रदेश सांसद कृष्ण सिलवालले भोली उद्घाटन गर्ने

images

इच्छाकामना न्युज

२६, भाद्र २०८०
दोश्रो इच्छाकामना महोत्सवको तयारी पुरा, प्रदेश सांसद कृष्ण सिलवालले भोली उद्घाटन गर्ने
images

कुरिनटार ।  दोश्रो  इच्छाकामना महोत्सव २०८०को तयारी पुरा  भएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको महोत्सवका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले जानकारी दिनुभयो । चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।

आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय उत्पादन  र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा  महोत्सव हुने भएको हो । महोत्सव समापन भने गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले गर्ने कार्यक्रम रहेको उहाँले  बताउनुभयो । 

महोत्सवमा २०० स्टल  रहने र स्थानिय उत्पादनका १५वटा स्टलहरुलाई निशुल्क  व्यवस्था गरिएको इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक कल्याण गुभाजुले बताउनुभयो।इच्छाकामनाको आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन प्रवर्धनका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाईछ । महोत्सवले यहाँ रहेको पर्यटकीय स्थलहरुको प्रवद्र्धन, स्थानिय उत्पादनको प्रवद्र्धन र कला साहित्य संस्कृतिको संरक्षण तथा उजागर गर्न सहयोग मिल्ने बताउनुभयो । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको  उहाँले  बताउनुभयो । 

 महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।  महोत्सवको प्रवद्र्धक एंव संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ  चितवन रहेको छ । 

इच्छाकामना महोत्सवका आकर्षणहरु 
धार्मिक तथा पर्यटकीय स्थलहरु इच्छाकामना मन्दिर,जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर,मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी,लामो झरनाको अवालेकनका लागि विशेष प्याकेजमा यात्रा, आदीवासी जनताजाती तथा सीमान्तकृत समुदायको भेषभुषा रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी, औद्योगी प्रदर्शनी, घरेलु एंव कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानियकलाकाहरुबाट दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु र साथमा तीज गीत प्रतियोगिता र विविध बाल मनोरञ्जनका खेलहरु तथा त्रिशुली नदीमा ¥याप्टीङ्गको  व्यवस्था रहेको छ । 

यस अघि वि.स.२०७५ मा उद्योग वाणिज्य संघ  मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा  पहिलो इच्छाकामना महोत्सव  सम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - २३:११:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology