Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको कुरिनटारमा भदौ २७ देखि दोस्रो इच्छाकामना महोत्सव हुने

इच्छाकामनाको कुरिनटारमा भदौ २७ देखि दोस्रो इच्छाकामना महोत्सव हुने

images

इच्छाकामना न्युज

१९, भाद्र २०८०
इच्छाकामनाको कुरिनटारमा भदौ २७ देखि दोस्रो इच्छाकामना महोत्सव हुने
images

कुरिनटार । दोश्रो इच्छाकामना महोत्सव २०८० हुने भएको छ ।चितवनको इच्छाकामना ४ कुरिनटारमा भदौ २७ गतेदेखी असोज ७ गते सम्म महोत्सव हुने भएको हो ।आर्थिक गतिविधिको चलायमान गर्न  तथा  स्थानिय उत्पादन  र पर्यटन प्रवर्धनका लागि इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को कार्यालय कुरिनटार र उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा  महोत्सव हुने भएको हो । 

आज कुरिनटारमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराएको हो । महोत्सवमा करिब १ लाख दर्शकले अवलोकन गर्ने वडा नम्बर ४ का वडाध्यक्ष तथा महोत्सव संयोजक रुद्र उप्रेतीले  जानकारी दिनुभयो । इच्छाकामनाको आर्थिक गतिविधि चलायमान बनाउन र  पर्यटनप्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको उहाँको भनाईछ ।  

अर्का संयोजक उद्योग वाणिज्य संघ मुग्लिनका अध्यक्ष कल्याण गुभाजुले पछिल्लो समय शिथिल बनेको इच्छाकामनाको अर्थतन्त्रलाई यस महोत्सवले चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो। महोत्सवलाई सफल बनाउन विभिन्न उपसिमिति निर्माण गरि काम गरिरहेको उहाँले बताउनुभयो ।इच्छाकामनाको गौरवको रुपमा लिएको यस महोत्सवलाई सबै इच्छाकामना बासी मिलेर सफल बनाउने  बताउनुभयो । 

उद्योग वाणिज्य संघ मुग्लिनका उपाध्यक्ष तथा मस्र्याङ्दी बहुदेश्यीय सहकारी संस्था लि.मुग्लिनका प्रबन्धक कुमार श्रेष्ठले महोत्सवको अवसरमा यहाँका होटल तथा रिर्सोटहरुमा छुटको व्यवस्था दिइने बताउनुभयो । यहाँको पर्यटन प्रवर्धनका साथै  स्टलहरुमा स्थानिय उत्पादनलाई  प्राथमिकता दिइने  बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष माया सिलवालले महोत्सवमा किनवेच हुने सामानाहरुको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो। साथै  उपाध्यक्ष सिलवालले  महोत्सवको बाहनामा  विभिन्न  जुवा खेलाउने प्रचलन रहेको यसलाई स्थान दिननहुने बताउनुभयो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि महोत्सवले मत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।साथै उहाँले यहाँ रहेको पर्यटकीय स्थलहरुको प्रवद्र्धन, स्थानिय उत्पादनको प्रवद्र्धन र कला साहित्य संस्कृतिको  उजगार तथा संरक्षण गर्न मदत पुग्ने  बताउनुभयो । उहाँले महोत्सवबाट गाउँपालिकामा आउने कर बापतको सम्पूर्ण रकम विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने समेत  बताउनुभयो । महोत्सवमा २०० सटल रहने आयोजकले जनाएको छ । स्थानिय उत्पादनका १५ वटा  स्टलहरुलाई निशुल्क  व्यवस्था गरिने  जनाएको छ।

महोत्सवको प्रवद्र्धक एंव संरक्षक इच्छाकामना गाउँपालिका र उद्योग वाणिज्य संघ  चितवन रहेको छ । 

इच्छाकामना महोत्सवका आकर्षणहरु 
धार्मिक तथा पर्यटकीय स्थलहरु इच्छाकामना मन्दिर,जय बालगौरी पाथिभरा सिहंदेवी मन्दिर,मनकामना मन्दिर, सिराइचुली, उपर्दाङ्गगढी,लामो झरनाको अवालेकनका लागि विशेष प्याकेजमा यात्रा, आदीवासी जनताजाती तथा सीमान्तकृत समुदायको भेषभुषा रहनसहन तथा संस्कृतिहरुको प्रदर्शनी, औद्योगी प्रदर्शनी, घरेलु एंव कृषि प्रदर्शनी, राष्ट्रिय तथा स्थानियकलाकाहरुबाट दैनिक मनोरञ्जनात्मक कार्यक्रमहरु र साथमा तीज गीत प्रतियोगिता र विविध बाल मनोरञ्जनका खेलहरु तथा त्रिशुली नदीमा ¥याप्टीङ्गको  व्यवस्था रहेको छ । 

यस अघि वि.स.२०७५ मा उद्योग वाणिज्य संघ  मुग्लिन र इच्छाकामना एफएमको संयुक्त आयोजनामा  पहिलो इच्छाकामना महोत्सव आयोजना  गरिएको थियो । 

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ०८:३८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology