Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली काँग्रेस आँबुखैरेनीको सभापतिमा विजय गुरुङ

नेपाली काँग्रेस आँबुखैरेनीको सभापतिमा विजय गुरुङ

images

इच्छाकामना न्युज

६, भाद्र २०८०
नेपाली काँग्रेस आँबुखैरेनीको सभापतिमा विजय गुरुङ
images

आँबुखैरेनी । नेपाली काँग्रेस आँबुखैरेनीको कार्यसमितिले पूर्णता पाएको छ । १४ औं महाधिवेशनबाट नेपाली काँग्रेस आँबुखैरेनी सभापतिमा निर्वाचित विष्णु बहादुर पन्थले चैत १७ गते राजिनामा दिएर रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको थियो । जसका कारण नेपाली काँग्रेस आँबुखैरेनी नेतृत्व विहिन हुन पुगेको थियो ।

367417692_1435052580608501_3445732617762414610_n.jpg

निर्वाचित सभापतिले राजिनामा दिएपछि कार्यवाहक सभापतिको रुपमा उपसभापति विजय गुरुङले नेपाली काँग्रेस आँबुखैरेनीको जिम्मेवारी सम्हालिरहेको थियो । उनै गुरुङलाई यहि भदौ १ गते शुक्रबार सम्पन्न नेपाली काँग्रेस आँबुखैरेनीको गाउँसम्मेलनले सभापतिमा चयन गरेपछि सभापतिको अधिकार बमोजिम रिक्त रहेको पदहरुमा पदपुर्ती गरेको हो । 

367414911_823215726114393_4723508144666828815_n.jpg

रिक्त पदमा पदपुर्ती भै नयाँ चयन भएको पदाधिकारीहरुमा उपसभापतिमा नेत्र गुरुङ र दिपक विश्वकर्मा रहेका छन् भने सह–सचिवमा तिल कुमारी श्रेष्ठ रहेका छन् ।

यस्तै केही सदस्यहरुलाई समेत हेरफेर गरिएको सभापति विजय गुरुङले जानकारी दिएका छन् ।

हेर्नुस् नामावली

367921918_1316770872257248_3924366476387263967_n.jpg

 

images
प्रकाशित मिति :भाद्र ६, २०८० बुधवार - २२:३०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology