Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

फ्लोरिकल्चर एसोसिएसन चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा

फ्लोरिकल्चर एसोसिएसन चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा

इच्छाकामना न्युज

२१, श्रावण २०८०
फ्लोरिकल्चर एसोसिएसन चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा
images
चितवन । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनको अध्यक्षमा तेजेन्द्र सापकोटा चयन भएका छन् ।

आज (आइतबार) भरतपुरमा सम्पन्न चौथो साधारण सभा तथा अधिवेशनले निर्विरोध रुपमा सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा जीवननाथ उपाध्याय तथा सचिवमा शुलभ श्रेष्ठ चयन भएका छन् ।

यस्तै कोषाध्यक्षमा रेखा आचार्य चयन भएकी छन् । सदस्यहरुमा वुद्धबहादुर गुरुङ, सुकराम तामाङ, सुजता देवकोटा, श्रीमाया न्यौपाने र अनिता गुरुङ चयन भएका छन् । समितिको कार्यकाल दुई वर्षको हुनेछ । एसोसिएसनमा ३० जना नर्सरी तथा कट फ्लावर व्यवसायीहरु आवद्ध छन् ।

यसैबीच यसैबीच फ्लोरिकल्चर एसोसिएसन चितवनलाई दुई लाख ५६ हजार ४८० रुपैयाँ सहयोग गरिएको छ । बाईपास रोड वृक्षारोपण उपभोक्ताले सोही कार्यक्रमकाबीच उक्त सहयोग गरेको हो ।

पुष्प बिकास केन्द्रका प्रमुख सुधिर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङ, चितवनका सातै पालिकाका कृषि शाखा प्रमुख र नर्सरी तथा कट फ्लावर व्यवसायीहरु उपस्थित थिए ।
 

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - २२:१२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology