काठमाण्डौ । उचित मूल्य नपाएको भन्दै असार पहिलो साता किसानले ककाठमाडौँको सडकमै गोलभेंडा फ्याके ।
त्यो बेला प्रतिकिलो १० रुपैयाँमा पनि गोलभेंडा बिक्री नभएको भन्दै किसानले राजधानीमा सडकमा गोलभेंडा फ्याकेका थिए । राजधानीमा सडकमा गोलभेंडा फ्याकिरहँदा पोखरामा भने त्यो बेला गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपैयाँ पर्दथ्यो।खुद्रा मूल्यमा उतारचढाव हुँदै आउँदा दुई साता अघिसम्म पनि पोखरामा गोलभेंडाको खुद्रा मूल्य प्रतिकिलो १ सय रुपैयाँ हाराहारीमा थियो। तर, अहिले भने एकाएक गोलभेंडाको मूल्य अकाशिएको छ ।
उनका अनुसार यो बेला भारतमा गोलभेंडा उत्पादन कम भएको छ। उत्पादन घटेपछि कतिपय नेपाली किसानले यहाँ उत्पादिन गोलभेंडा बढी मूल्य पाउने लोभमा भारत निर्यात गरेका छन् । त्यसले गर्दा स्वदेशमा अभाव भएर अहिले मूल्य बढेको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।