Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीमा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु 

आँबुखैरेनीमा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु 

इच्छाकामना न्युज

२१, श्रावण २०८०
आँबुखैरेनीमा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु 
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाँउपालिकाले वडा नं. १ मा २० हजार भन्दा बढी सयपत्री फुलका विरुवा रोप्ने अभियान सुरु भएको छ । ‘अध्यक्ष सँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समुहसँगको सहकार्यमा अभियान संचालन गरिएको पालिकाकाका अध्यक्ष शुक्र चुमानले बताए ।  आमा समुहलाई उत्पादनमूलक समुहमा परिणत गर्ने अभियान अन्तरगत समुह मार्फत व्यवसायीक फुल खेतीसुरु गरिएको उनले बताए ।

images
images

अभियान अन्तरगत पहिलो चरणमा वडा नं. १ मा रहेका आधिमुल आमा समूह ८ हजार ४ सय विरुवा र यान्चोक आमा समूहमा १२ हजार विरुवालाई  १७ रोपनी क्षेत्रफलमा सयपत्री फुलको विरुवा वितरण गरिएको गाँउपालिकाले जनाएको छ । पुष्प व्यवसायबाट कृषकहरुको आयआर्जन गर्न साथै बिदेशबाट हुदै आएको पुष्प आयातलाई प्रतिस्थापन गरी गाँउपािलकालाई पुष्पमा आत्मिनभर बनाउने यो कार्यक्रमको लक्ष्य रहेको अध्यक्ष चुमानले बताए । 

गाउँपालिकाका अध्यक्ष चुमानकै अगुवाइमा शुक्रबार देखी विरुवा रोप्न थालिएको हो । अभियानमा उपाध्यक्ष दुर्गा अर्याल,लगायतको सहभागीता थियो ।

तस्वीरः मनोज बास्तोला 

images
प्रकाशित मिति :श्रावण २१, २०८० आइतवार - ०९:१२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology