Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा 

तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा 

सिआईएन

१०, माघ २०७७
तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा 
images

बिकास गुरुङ, तेह्रथुम, १० माघ । धार्मिकसँगै पर्यटकीय रुपमाउच्च सम्भावना बोकेको पूर्वी पहाडी जिल्ला तेह्रथुमको छथर गाउँपालिकामा रहेको मार्गा पोखरी ओझेलमा परेको छ । पूर्वी पहाडी जिल्लाको छथर गाउँपालिकामा रहेको धार्मिक एवं पर्यटकीय गन्तव्यमार्गा पोखरीको उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो ।
समुन्द्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाई रहेको यो पोखरीको उचित संरक्षण प्रचार प्रसारसँगै सरोकारवालाहरुको नजर नपुग्दा ओझेलमा परेको स्थानीयको गुनासो छ । छथर गाउँपालिकाको वडानम्बर १ मा रहेको धार्मिक महत्वसँगै पर्यटकीय हिसाबले जिल्लाकै एक महत्वपूर्ण मानिने मार्गा पोखरी संरक्षणमा पर्याप्त चासो पुग्न सकेको छैन । 
मार्गापोखरी धार्मीक दृष्टिबाट अतिनै साक्षतधामको रूपमा स्थानीयले लिएका छन् । पोखरीमा भाकल गर्दा विभिन्न मनोकाङ्क्षा पूरा हुने सँगै खडेरीको मौसममा तेह्रथुम, धनकुटा लगायतका गाउँबाट स्थानीयहरु बोका लिएर मार्गा पोखरीमा पानी माग्न आउने गरेका छन् । बोकाको बलि दिएर पानी माग्ने पुजा गरेकै दिन पानी पर्ने स्थानीयको विश्वास छ ।

images
images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - ०९:२५:५२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology