Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चालु आवमा पालिकामा आएको संघ र प्रदेशका योजना बारे छलफल गर्दै गण्डकी गाउँपालिका

चालु आवमा पालिकामा आएको संघ र प्रदेशका योजना बारे छलफल गर्दै गण्डकी गाउँपालिका

इच्छाकामना न्युज

१८, श्रावण २०८०
चालु आवमा पालिकामा आएको संघ र प्रदेशका योजना बारे छलफल गर्दै गण्डकी गाउँपालिका
images

भुम्लिचोक । गण्डकी गाउँपालिकाले पालिका भित्र चालु आर्थिक बर्षम २०८०÷०८१ मा सञ्चालन हुने संघ तथा प्रदेशका योजनाका बिषयमा छलफल गरेको छ । गाउँपालिकाले पालिका भित्र बिनियोजित भएका योजनाहरुलाई प्रभावकारी कार्यान्वयनका लागि वडाध्यक्ष तथा कर्मचारीहरुसंग आन्तरिक छलफल गरेको गाउँपालिका अध्यक्ष दिपक तिमेल्सिना (साकार) ले जानकारी दिनुभयो ।

images
images

संघ र प्रदेशका बजेटहको प्रभावकारी अनुगमन नहुदाँ कार्यान्वयन प्रक्रिया फितलो हुने गरेको तथा बजेट अनुसारको काम नहुने गरेको नागरिकहरुको गुनासो आउने गरेकाले वडा र पालिकाले बजेटको प्रभावकारी कार्यान्वयनमा खेल्नुपर्ने भूमिका बिषयमा छलफल भएको उहाँले बताउनुभयो ।

त्यस्तै पालिका बिनियोजित बजेटको गुणस्तर कायम गर्ने र राजस्व संकलन लगायतका बिषयमा पनि छलफल भएको थियो । गाउँपालिका अध्यक्ष तिमिल्सिनाको अध्यक्षतमा भएका कार्यक्रममा उपाध्यक्ष ललिता अधिकारी सहित वडाध्यक्षहरु प्रमुख प्रशासकिय अधिकृत रितेस उपरकोटीसहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :श्रावण १८, २०८० बिहिवार - २१:४५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology