Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नेपाली काँग्रेस आँबुखैरेनीमा राजनैतिक पहिरो जान सुरु, पार्टी सभापति विष्णु पन्त र जिल्ला सदस्य केशवनाथ खनालद्वारा पार्टी परित्याग

नेपाली काँग्रेस आँबुखैरेनीमा राजनैतिक पहिरो जान सुरु, पार्टी सभापति विष्णु पन्त र जिल्ला सदस्य केशवनाथ खनालद्वारा पार्टी परित्याग

images

इच्छाकामना न्युज

१७, चैत्र २०७९
नेपाली काँग्रेस आँबुखैरेनीमा राजनैतिक पहिरो जान सुरु, पार्टी सभापति विष्णु पन्त र जिल्ला सदस्य केशवनाथ खनालद्वारा पार्टी परित्याग
images


आँबुखैरेनी । उपनिर्वाचन नजिकिएसँगै नेपाली काँग्रेस आँबुखैरेनीमा राजनैतिक पहिरो जान सुरु भएको छ । जस अन्तर्गत काँग्रेस आँबुखैरेनी गाउँ कमिटिका सभापति विष्णु पन्त र जिल्ला सदस्य केशवनाथ खनालले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले आज बरादीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गरेको हो । काँग्रेसको १४ औ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका पन्त दोस्रो स्थानीय तह निर्वाचनमा आँबुखैरेनी गाउँपालिका अध्यक्षमा र हाल हुन लागिरहेको उपनिर्वाचनमा प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारीको दाबी गरेका थिए । 

यद्यपी पार्टीले टिकट नदिएर आफुले पार्टी परित्याग गरेको नभै आफ्नो २५ वर्षे राजनैतिक यात्रालाई तत्कालका लागि पूर्ण विराम दिन लागेको विष्णु पन्तले बताए । साथै उनले बाहिर हल्ला गरेको जस्तो तत्काल अर्काे पार्टीमा जाने आफ्नो कुनै चाहना नभएको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र १७, २०७९ शुक्रवार - २१:५८:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology