Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँ १ मा उपनिर्वाचन लड्न एमालेबाट पूर्वसांसद, पूर्वआईजिपी देखि महिला उद्यमी सहित ६ जनाको नाम सिफारिश

तनहुँ १ मा उपनिर्वाचन लड्न एमालेबाट पूर्वसांसद, पूर्वआईजिपी देखि महिला उद्यमी सहित ६ जनाको नाम सिफारिश

इच्छाकामना न्युज

१६, चैत्र २०७९
तनहुँ १ मा उपनिर्वाचन लड्न एमालेबाट पूर्वसांसद, पूर्वआईजिपी देखि महिला उद्यमी सहित ६ जनाको नाम सिफारिश

तनहुँ । तनहुँ–१ मा वैशाखमा १० गते हुने उपनिर्वाचन लड्न एमालेबाट पूर्वसांसद, पूर्वआईजिपी देखि महिला उद्यमी सहित ६ जनाको नाम सिफारिस गरिएको छ । यसअघि स्थायी कमिटी सदस्य किरण गुरुङ उठ्ने चर्चा भएपनि उनको नाम सिफारिस भएन । 

images

गुरुङले बिहीबार आफ्नो क्षेत्र छाडेर चुनाव नलड्ने बताएका थिए । उनी यसअघि तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचन लडेर पराजित भएका हुन्  । 

पूर्व प्रदेश सांसद रामबहादुर गुरुङ, पूर्व आईजीपी सर्वेन्द्र खनाल, महिला उद्यमीको रुपमा परिचित शोभा गुरुङ, मोहन विक, परितोस पौडेल, किरण धितालको नाम सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले जिल्लामा आकांक्षीको नाम सिफारिस गरेको एकराज रानाले बताए ।

‘अब जिल्ला, प्रदेश हुँदै यी नाम संघमा सिफारिस हुन्छन्,’ रानाले भने । 

images
प्रकाशित मिति :चैत्र १६, २०७९ बिहिवार - २०:४५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology