Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा ३७ जना व्यवसायिक कृषक अनुदान प्राप्तिका लागी छनौट

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा ३७ जना व्यवसायिक कृषक अनुदान प्राप्तिका लागी छनौट

इच्छाकामना न्युज

३, फाल्गुण २०७९
तनहुँको म्याग्दे गाउँपालिकाद्वारा ३७ जना व्यवसायिक कृषक अनुदान प्राप्तिका लागी छनौट
images

तनहुँ । म्याग्दे गाँउपालिकाको पशुसेवा शाखा अन्र्तगत आर्थिक वर्ष ०७९।०८० को स्वीकृत कार्यक्रम अन्र्तगत व्यवसायिक कृषक तथा फर्महरुमध्ये ३७ जना व्यवसायिक कृषकलाई अनुदानका लागी छनौट भएका छन् । पशुशाखामा अनुदानका लागी माग गरिएको कृषकहरुको प्रस्तावको अध्ययन र फिल्ड अनुगमनवाट १२२ जना कुल कृषकहरु मध्येवाट ३७ जना कृषक अनुदानका लागी छनौट भएका हुन् । 

images
images

जस अन्र्तगत गाई÷भैसी गोठ सुधार कार्यक्रम अन्र्तगत असिम भैसी फर्म, शितल कृषि तथा पशु फर्म, नमुना कृषि तथा पशु फर्म छनौट भएका छन भने यस कार्यक्रम अन्र्तगत कृषकले २० हजारको दरले अनुदान पाउने छन् । 

लोकल कुखुरा खोर सुधार कार्यक्रम अन्र्तगत गार्डेन एग्रिकल्चर एण्ड वर्डहोम फर्म, सिद्धवाराही कृषि तथा पशु फर्म, सुनिता कृषि तथा पशु फर्म र नमुना कुखुरा फर्म गरि कुल ४ जना कृषकले २० हजारका दरले अनुदान पाउने छन् । 

त्यस्तै नश्ल सुधारका लागी प्रजनन वोका (वोयर क्रसं वितरण कार्यक्रम अन्र्तगत जामुने कृषि तथा पशु फर्म, भुसाल कृषि तथा पशु फर्म, वसुन्धरा पशुपंक्षि फर्म, मगर एग्रि फर्म, विष्णु कृषि तथा पशु फर्म, निगम वाख्रा फर्म, एस.के. फर्म, लाफा वाख्रा फर्म र दुवुङ कृषि तथा पशु फर्म गरि ९ वटा फर्म ले १÷१ थान वोका अनुदान पाउने छन् । 

मासु पसल सुधार कार्यक्रम अन्र्तगत ज्योति फ्रेस हाउसले २५ हजार अनुदान पाउने पालिकाले जनाएको छ । 

यसैगरि चाप कटर वितरण कार्यक्रम अन्तरगत वास्वाँरा कृषि तथा पशु फर्म, मल्ल कृषि तथा पशु फर्म, वेलटार गौ पालनले १÷१ वटा चाप कटर पाउनेछन् भने वाख्रा खोर सुधार कार्यक्रम अन्तरगत जगनपुर कृषि तथा पशु फर्म, कृष पशु फर्म, संगिता कृषि तथा पशु फर्म, ठकुरी वाख्रा फर्म, घरेडी वाख्रा फर्म, गुरुङ कृषि तथा पशु फर्म, मन्धरा कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म र जीवन ज्योति कृषि तथा पशु फर्मले जनही २० हजारका दरले अनुदान पाउने छन् । 

वंगुर खोर सुधार कार्यक्रम अन्तरगत सकल कृषि तथा पशु फर्म, गंगटे कृषि तथा पशु फर्म, हिमचुली कृषि तथा पशु फर्म, हिमचुली कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म, दिक्षा वंगुर फर्म, सौजन कृषि तथा पशु फर्म र उषा कृषि तथा पशु फर्मले जनही २० हजारको दरले अनुदान पाउने भएका छन् । 

छनौट भएको ३७ वटा व्यवसायिक कृषकले अनुदानका लागी १५ दिनभित्र पशु शाखामा सम्झौता गर्नुपर्ने म्याग्दे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । 

images
प्रकाशित मिति :फाल्गुण ३, २०७९ बुधवार - २१:२०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology