Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना सहित बागमती प्रदेशभर सप्ताहाव्यापी पिपिआर खोप अभियान सुरु

इच्छाकामना सहित बागमती प्रदेशभर सप्ताहाव्यापी पिपिआर खोप अभियान सुरु

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
इच्छाकामना सहित बागमती प्रदेशभर सप्ताहाव्यापी पिपिआर खोप अभियान सुरु
images

कुरिनटार । चितवनको इच्छाकामनामा पनि पि.पि.आर खोप अभियान सुरु भएको छ । बागमती प्रदेशभर सोमबारदेखि सुरु भएको सप्ताहाव्यापी पि.पि.आर  खोप अभियान इच्छाकामनामा पनि सुरु भएको हो ।

इच्छाकामना गाउँपालिकामा तोकिएको ७ वटा खोप केन्द्र मध्ये कुरिनटार खोप केन्द्र वडा नम्बर ४ बाट पहिलो स्थान बनाई एक कार्यक्रमकाबिच बाख्राहरुमा पि.पि.आर खोप लगाउने अभियान सुरु गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष माया सिलवालको अध्यक्षता तथा वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता नर बहादुर नेपालको प्रमुख अतिथि र वडा नम्बर ४ का वडाध्यक्ष रुद्रप्रसाद त्रिपाठीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम नेपाल एग्रोफर्मबाट सुरु गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत बोल्ने वक्ताहरुले स्थानिय तहमा पशुपक्षीं क्षेत्रको महत्व तथा बाख्रामा खोपको औचित्यको बारेमा कुरा राख्नुभएको थियो ।

सो अवसरमा कृषकहरुसंग पनि अन्तरकृया गरिएको थियो । कृषकहरुको गुनासो तथा जिज्ञासाको बारेमा सम्बन्धीत व्यक्तिहरुले जवाफ दिएका थिए ।

उक्त सप्ताह व्यापी कार्यक्रमको सुरुवात कार्यक्रमका अध्यक्षबाट ब्यानर पढी सुरु भएको थियो । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका उपाध्यक्ष माया सिलवालले यस अभियानमा कर्मचारी, जनप्रतिनिधि,कृषकहरु सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो ।

गाउँपालिकामा सात वटै वडाका भेडा तथा बाख्रामाहरुमा निरन्तर सप्ताहाव्यापी रुपमा पि.पि.आर खोप लगाइने पशु सेवा शाखा प्रमुख रञ्जित विकले जानकारी दिनुभयो । प्रमुख विकका अनुसार ७ वटै वडामा केन्द्र तोकिएको छ । उक्त केन्द्रहरुबाट सुरु भई वडाका सबै टोलटोलमा उक्त अभियान सञ्चालन गरिने छ ।

इच्छाकामना गाउँपालिकाको प्रविधिक सहयोग तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुर अयोजनामा उक्त अभियान सुरु भएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - ०९:२३:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology