पोखरा । तनहुँ क्षेत्र नं. १ को प्रदेश सभा ख का सांसद हरि बहादुर चुमान पुनः गण्डकी प्रदेशमा मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएसँगै तनहुँका चुमानले पनि विनाविभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।
माओवादीको सरकार बन्ने अवस्था रहेमा मुख्यमन्त्रीको दावेदार मानिएका चुमान प्रदेशमा एमालेको सरकार बन्ने भएपछि मन्त्री बनेका हुन्। तनहुँ आँबुखैरेनी निवासी चुमान यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भएका थिए। हाल माओवादी केन्द्र गण्डकीको संसदीय दलको नेता हुन् भने पोलिटब्युरो सदस्य समेत हुन्।