Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

राष्ट्र बैंकद्वारा शनिबार पनि बैंक खोल्न निर्देशन

राष्ट्र बैंकद्वारा शनिबार पनि बैंक खोल्न निर्देशन

इच्छाकामना न्युज

२५, पौष २०७७
राष्ट्र बैंकद्वारा शनिबार पनि बैंक खोल्न निर्देशन
images

काठमाडौं, २५ पुस । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् । कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।

images
images

यही ताकेतापछि राजस्व बुझाउने क्रम बढेको छ । यसलाई थप सहज बनाउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो । यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैंकिङ्गको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको छ ।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:२६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology