आँबुखैरेनी । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको २७ औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । इकाईको सभाहलमा इकाईका सभापति दिपक कोइरालाको अध्यक्षता तथा तनहुँ उद्योग बाणिज्य संघका सभापति पविन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा इकाईको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा इकाईका कोषाध्यक्ष गोबिन्द श्रेष्ठले संस्थाको २०७८ साल पौष १ गतेदेखी २०७९ साल पौष १० गते सम्म २०७८/०७९० को आय व्यय र सचिव काजी थापाले आर्थिक बर्ष २०७८/०७९ को वार्षिक गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो ।
तनहुँ उद्योग बाणिज्य संघका सभापति पविन्द्र कुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ पुर्व केन्द्रिय सदस्य विपिन मल्ल, तनहुँ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष इम कुमार मल्ल, इकाईका सल्लाहकार उपेन्द्र देवकोटा, इकाईका उपाध्यक्ष भगवान श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष कुमार मल्ल, मनोनीत सदस्य ॐ राज श्रेष्ठ, तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिका निबर्तमान सभापति कृष्णमान तामाङ, सुनिल मल्ल लगाएतको उपस्थिति रहेको थियोे ।