Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अर्थ

तनहुँको आँबुखैरेनीले १८ करोड लगानीमा औद्योगिक ग्राम निर्माण गर्ने, डिपीआर तयार

तनहुँको आँबुखैरेनीले १८ करोड लगानीमा औद्योगिक ग्राम निर्माण गर्ने, डिपीआर तयार

तनहुँको आँबुखैरेनीले १८ करोड लगानीमा औद्योगिक ग्राम निर्माण गर्ने, डिपीआर तयार
images

आँबुखैरेनी, २३ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकाले करिब १८ करोडको लागतमा औद्योगिक ग्राम निर्माण गर्ने भएको छ। गाउँपालिकाले वडा नंं २ स्थित बगुवामा औद्योगिक ग्रामको निर्माण गर्ने भएको हो। 
निर्माण गर्न लागिएको औद्योगिक ग्रामको लागि जग्गा व्यवस्यापन गरि डिपिआर समेत तयार गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो। ‘हामीले गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गर्न जग्गा व्यवस्थापन गरी डिपिआर तयार पारिसकेका छौं, अब छिट्टै बजेट व्यवस्थापन गरि निर्माण सुरु गर्छौ’ –उहाँले भन्नुभयो।
उहाँका अनुसार गाउँपालिका औद्योगिक ग्रामका लागि ९० रोपनी जग्गा व्यवस्थापन गरिसकेको छ तर सुरुमा २४ रोपनी क्षेत्रफलमा निर्माण गरिनेछ। 
यस्तै औद्योगिक ग्रामका लागि संक्षिप्त वातावरणीय प्रभाव मुल्याङ्कनको काम पनि भैसकेको उहाँले जानकारी दिनुभयो। औद्योगिक ग्राम निर्माण भैसकेपछि गाउँपालिका भित्र सञ्चालन हुने उद्योगहरुलाई उक्त स्थानमा व्यवस्थापन गरिनेछ। 

images
images

 

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - १९:४२:५१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology