कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ को कार्यालयले किसानहरुको लागि आलुको बिउ वितरण गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को बजेट निती तथा कार्यक्रम अनुरुप किसानहरुको लागि आज आलुको बिउ वितरण गरेको हो।
वडाध्यक्ष रुद्र बहादुर उप्रेतीले दिएको जानकारी अनुसार वडा कार्यालयले किसानहरुको लागि २५ क्विन्टल आलुको बिउ वितरण गरेको हो।
आलु वितरण कार्यक्रममा बोल्दै वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको आलु रोपेर राम्रो उत्पादन लिन किसानहरुलाई वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले आग्रह गरे। साथै अहिले आलुको विउ लगेर दुरुपयोग गर्ने किसानलाई आउदो पाँच वर्षसम्म कुनैपनि अनुदान उपलब्ध नगराउने पनि उनले बताए।
बिउ वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषाल लगायतको सहभागीता रहेको थियो।