Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

images

इच्छाकामना न्युज

१४, कार्तिक २०८३
विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा
images

काठमाडौँ । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ । लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक तथा बाह्य पर्यटक तथा हवाई यात्रुलाई लक्षित गरी कम्पनीले सहज र सुरक्षित रुपमा दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आइरहेको  जानकारी दिनुभयो । उहाँले दैनिक झण्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो । हाल उक्त कम्पनीले २०८ पर्यटकीय सवारी साधनमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गर्दै आएको छ ।

नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्वपूर्ण योगदान रही आएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उहाँहरुको नेपाल बसाइ थप सहज र सुखद बन्न सहयोग पुग्ने अध्यक्ष सिम्खडाले बताउनुभयो ।

पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर रुपमा काम गर्दै आएको उहाँको भनाइ छ । पछिल्लो समय भने निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रुपमा भाडामा मान्छे बोक्दा व्यवसायी थप समस्यामा परेको उहाँले बताउनुभयो । विसं २०६७ मा स्थापना भएको उक्त कम्पनीले हाल ४५० भन्दाबढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १५:००:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology