Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी विशेष

माई छिम्केश्वरी बचत तथा ऋण सहकारीको चौंथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न 

माई छिम्केश्वरी बचत तथा ऋण सहकारीको चौंथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न 

इच्छाकामना न्युज

९, मंसिर २०७९
माई छिम्केश्वरी बचत तथा ऋण सहकारीको चौंथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न 
images
आँबुखैरेनी, ९ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३, मा रहेको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौंथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शुक्रबार सम्पन्न भएको छ । तनहुँ उद्योग बाणिज्य संघ आँबुखैरेनी बजार ईकाइ समितीको सभाहलमा सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठको सभापतित्व तथा नव निर्वाचित प्रदेश सभा सदस्य हरि बहादुर चुमानको प्रमुख आतिथ्यतामा सहकारीको चौंथो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको हो ।
316816836_530550142427105_8092640774899127748_n.jpg
 
कार्यक्रममा सहकारीका अध्यक्ष रत्नकुमार श्रेष्ठले आर्थिक वर्ष ०७८/०७९ को बार्षिक कार्य प्रगती प्रतिवेदन र भाबि कार्य योजना, लेखा समितीका संयोजक कृष्णमान तामाङ्गले आर्थिक वर्ष ०७८/०७९ को लेखा प्रतिवेदन, सहकारीका कोषाध्यक्ष प्रकाश अधिकारीले आर्थिक वर्ष ०७८/०७९ को आर्थिक प्रगती प्रतिवेदन र चालु आर्थिक वर्ष ०७९/०८० को अनुमानित आय व्यय प्रतिवेदन, सहकारीका सचिव प्रेम कुमार श्रेष्ठले चालु आर्थिक वर्ष ०७८/०७९ को गतिबिधी र बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
317079564_530550359093750_4117482049819534063_n.jpg
 
१ सय २० जना शेयर सदस्यहरुको रु. २ करोड ४ लाखको शेयर पुँजीबाट कारोबार सुरु गरेको संस्थाको आर्थिक वर्ष ०७८/०७९ मा बचत संकलन १३ करोड ५५ लाख ४७ हजार २ सय ६० रुपैंया ३० पैंसा रहेको छभने सोही आर्थिक वर्षको अन्त्य सम्ममा कर्जा लगानी रकम १९ करोड ६९ लाख ४ हजार १ सय रुपैंया रहेको छ साथै असुली तर्फ रकम १८ करोड ७१ लाख ७१ हजार १ सय ६७ रुपैंया रहेको सहकारीले बार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
316422549_530551002427019_2780438800462251609_n.jpg
 
आर्थिक वर्ष ०७८/०७९ को बैंक मौंज्दात रकम १ करोड ५९ लाख ५९ हजार ४ सय २७ रुपैंया ३१ पैंसा, नगद मौंज्दात रकम ५ लाख ४६ हजार ३ सय २३ रुपैंया ६ पैंसा गरी जम्मा १ करोड ६५ लाख ५ हजार ७ सय ५० रुपैंया ३७ पैंसा रहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा रु. १ लाख ५० हजार रुपैंया शेयर फिर्ता भई जम्मा शेयर पुँजी रु. ३ करोड ३६ लाख रहेको छ । संस्थाले आर्थिक वर्ष ०७८/०७९ मा करपछिको खुद नाफा रु. ५५ लाख ६१ हजार ७ सय ६० रुपैंया ८४ पैंसा आर्जन गर्न सफल भएको जनाएको छ ।
 
यसैगरी सहकारीले लामो समयदेखि आँबुखैरेनी क्षेत्रमा रही स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै २ जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । डा. राजाराम श्रेष्ठ र डा. एन. के. पियालाई सम्मान गरेको सहकारीले जनाएको छ । यस्तै, सहकारीले ६ जना उत्कृष्ट बाल बचतकर्ता, ६ जना उत्कृष्ट कारोबारकर्ता, गोला प्रथाबाट ३ जना रेमिट्यान्सकर्तालाई विभिन्न पुरस्कारद्धारा सम्मान गरिएको छ ।
 
कार्यक्रममा नव निर्वाचित प्रदेश सभा सदस्य हरि बहादुर चुमान, आँबुखैरेनी सहकारी संजालका अध्यक्ष भगवानदास मल्ल, सहकारीका विशेष सल्लाहकार राजकुमार श्रेष्ठ लगाएतकाले मन्तव्य राखेका थिए ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - २२:११:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology