आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट अवैध लागुऔषध सहित एक जना युवालाई पक्राउ गरिएको छ। पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपको प्रहरीले बेनिटारमा नियमित चेकजाँचको क्रममा भैरहवाबाट पोखरा जादै गरेको लु १ ख ८५९५ नं.को बसमा आउदै गरेका युवालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष १८ को युकसन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार निजको साथबाट लुकाई ल्याएको झोला भित्र लागु औषध डाईजोपाम ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल गरी जम्मा १७८ एम्पुल अबैध लागु औषध बरामद गरेको छ।
पक्राउ परेका गुरुङलाई आजै तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरली जानकारी दिएको छ।