Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

आँबुखैरेनी विशेष

आँबुखैरेनी बेनिटारबाट अवैध लागु औषध सहित एक जना युवा पक्राउ

आँबुखैरेनी बेनिटारबाट अवैध लागु औषध सहित एक जना युवा पक्राउ

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
आँबुखैरेनी बेनिटारबाट अवैध लागु औषध सहित एक जना युवा पक्राउ
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित बेनिटारबाट अवैध लागुऔषध सहित एक जना युवालाई पक्राउ गरिएको छ। पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपको प्रहरीले बेनिटारमा नियमित चेकजाँचको क्रममा भैरहवाबाट पोखरा जादै गरेको लु १ ख ८५९५ नं.को बसमा आउदै गरेका युवालाई  पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष १८ को युकसन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार निजको साथबाट लुकाई ल्याएको झोला भित्र लागु औषध डाईजोपाम ५९ एम्पुल, फेनेरागन ५९ एम्पुल र नुर्फिन ६० एम्पुल गरी जम्मा १७८ एम्पुल अबैध लागु औषध बरामद गरेको छ।

पक्राउ परेका गुरुङलाई आजै तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरेहेको प्रहरली जानकारी दिएको छ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २३:२५:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology