Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

बाँकेमा सुगन्धित र स्वादिलो कालानमक जातको धानको संरक्षण गरिँदै

बाँकेमा सुगन्धित र स्वादिलो कालानमक जातको धानको संरक्षण गरिँदै

images

इच्छाकामना न्युज

१२, कार्तिक २०८३
बाँकेमा सुगन्धित र स्वादिलो कालानमक जातको धानको संरक्षण गरिँदै
images

बाँके। सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालिएको छ । परम्परागत कालानमक धानको जात हराउँदै गएको भन्दै यहाँका किसानले जिल्लाका कतिपय स्थानमा यसको व्यावसायिक खेती गर्न थालेका छन् । जिल्लाको जानकी गाउँपालिका–३ स्थित दीपाकुमारी काँदु गुप्ताले सुरुमा दुई कट्ठामा लगाएको कालानमक जातको धान अहिले १० कट्ठा जमिनमा लगाउनुभएको छ ।

उहाँले सो धान महँगो मूल्यमा बिक्री हुने भएकाले यस धानप्रतिको आर्कषण बढ्दै गएको जानकारी दिँदै अधिकांश किसानले सो धान लगाउन थालेको बताउनुभयो । “अर्को कुनै हाइब्रिड जातको धान प्रतिक्विन्टल रु तीन हजार देखि तीन हजार २०० मूल्यमा बिक्री हुन्छ तर कालानमक जातको धान रु १२ हजार क्विन्टलमा बिक्री हुन्छ”, किसान गुप्ताले भन्नुभयो ।

किसानलाई धान स्याहार गर्न पनि सहज जातको धान कालानमक भएको जानकारी दिँदै किसानले अन्य धानको तुलनामा यसबाट बढी प्रतिफल पाएको उहाँले बताउनुभयो । सो धानको चामलबाट बनाइएको भात मुलायम र सुगन्धित हुने जानकारी दिँदै किसान गुप्ताले यस वर्ष २० किलो कालनमक जातको धानबाट करिब १५ क्विन्टल धान उत्पादन गर्ने लक्ष्य भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अन्य हाइब्रिड जातका धानभन्दा यसको उत्पादन केही घट्छ तर यो महँगो मूल्यमा बिक्री हुन्छ”, कालानमक धानको बजार स्थानीय बजार नै रहेको र यसको माग पनि बढ्दै गएको उल्लेख गर्दै किसान गुप्ताले कालानमक धानको व्यावसायिक खेती गर्न थालिएको जानकारी दिनुभयो ।

उहाँले परीक्षणका लागि सुरुमा एक किलो कालानमक धानखेतीबाट सो धानको उत्पादन सुरु गरिएको जानकारी दिँदै चार जर्षअघिदेखि यसको उत्पादन गरिरहेको बताउनुभयो ।

बाँकेको जानकी गाउँपालिका–५, गुर्वा गाउँका किसान रमेशकुमार बर्माले पनि व्यावसायिक रुपमा कालानमक धानको खेती गर्नुभएको छ । उहाँका अनुसार तीन बिघा जमिनमा सो धानको खेती भएको छ । खादा मिठो हुने भएकाले यो धान हाइब्रिड धानको तुलनामा महँगो पर्ने किसान बर्माको भनाइ छ । यस धानको लागि पर्याप्त सिँचाइ र पानी उपलब्ध हुनुपर्छ। यो धान असारमा रोपेपछि कात्तिकको अन्तिम साता मात्रै काट्न तयार हुन्छ ।

मसिनो र बास्नादार मानिने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको किसानको भनाइ छ । यो धान करिब १४० दिनमा तयार हुने बताइएको छ । कृषि ज्ञान केन्द्र, नेपालगन्जका प्रमुख डा विनोद घिमिरेले रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यसको संरक्षणमा जोड दिइएको उल्लेख गर्दै किसानले मूल्य पाउने भएकाले पनि यसको खेती भइरहेको बताउनुभयो ।

उहाँले केही सीमित किसानले कालानमक धानको खेती गरेकाले बीउमा सहयोग गरिएको जानकारी दिँदै बजार क्षेत्रमा यसको माग बढ्दै गएको बताउनुभयो । बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सबैभन्दा बढी कालानमक धानको खेती हुँदै आएको छ ।

 
 

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १५:५५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology