Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तिहारमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात 

तिहारमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात 

सिआईएन

१२, कार्तिक २०७९
तिहारमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात 
images

काठमाण्डौ । नेपालीहरूको प्रमुख चाड दसंै, तिहार तथा छठको लागि फलफूलको आयात बढेको छ । यस वर्षको तिहारमा मात्रै ७५ करोडभन्दा बढीको फलफूल आयात भएका छन् । काठमाडाँैको कुलेश्वर, कालिमाटी लगायतका तरकारी तथा फलफूल पसलमा मात्रै ७५ करोडभन्दा धेरैको फलफूल आयात भएको छ ।

images
images

नेपालमा वार्षिक ७ अर्ब रूपैयाँ बराबरको स्याउ आयात हुने गरेकामा तिहारमा मात्रै ३० करोडको स्याउ, ४० करोड रूपैयाँ बराबरको केरा अनि ५ करोडको सुन्तला, मौसम लगायतका फलफूल छिमेकी भारतसहितका देशबाट आयात गरिएका छन् । कृषिविद्हरू भने नेपालमै उत्पादनको सम्भावना भए पनि करोडाँै रूपैयाँको फलफूल आयात गर्नु उचित नभएको बताउँछन् ।

सीआईएनसँग कुराकानी गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. योगेन्द्र कार्कीले सडक लगायतका पूर्वाधार र बजारको अभाव हुँदा नेपाली उत्पादन खेर गइरहेको प्रति सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

तिहारका लागि २० करोड रुपैयाँको स्याउ चीनबाट र १० करोडको चकलेटी स्याउ भारतको कास्मिरबाट भित्रिँदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको छ ।नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको नेपाल फलफूल थोक व्यवसाय सङ्घले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - ०९:००:२९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology