Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

राजनिति

इच्छाकामना माईको दर्शन गर्दै सुरु गर्‍यो राप्रपाले चितवन २ मा चुनावी अभियान 

इच्छाकामना माईको दर्शन गर्दै सुरु गर्‍यो राप्रपाले चितवन २ मा चुनावी अभियान 

images

इच्छाकामना न्युज

२, कार्तिक २०७९
इच्छाकामना माईको दर्शन गर्दै सुरु गर्‍यो राप्रपाले चितवन २ मा चुनावी अभियान 
images

इच्छाकामना । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवन क्षेत्र नम्वर २ ले इच्छाकामना मन्दिर पुगेर चुनावी अभियानको सुरुवात गरेको छ । प्रतिनिधि सभाका उम्मेदवार युवा नेता रविन अधिकारीसहित पुगेको राप्रपाको टोलीले मन्दिर दर्शन गरेपछि चुनावी अभियान सुरु गरेको हो ।

सो अवसरमा बोल्दै नेता अधिकारीले यसपटक परिवर्तनका लागि नागरिकले राप्रपाका उम्मेदवारलाई विजयी गराउने बताउनुभयो । अहिले धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनतामा जागरण आइसकेको भन्दै उहाँले हिन्दुराष्ट्र पुनस्थापनाका लागि सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले इच्छाकामना सौन्दर्यले भरिपूर्ण ठाँउ रहेको भन्दै सबै मिलेर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

राप्रपाले चितवन २ (क) मा रुक्माङगत पोखरेल र चितवन २ (ख) मा जगदिश अधिकारीलाई उम्मेदवार बनाएको छ । पार्टीले निर्वाचन केन्द्रित घरदैलो अभियानलाई अब तिब्रता दिने जिल्ला उपाध्यक्ष जीवलाल पुरीले बताउनुभयो । उहाँले पार्टीको पक्षमा राम्रो जनमत रहेको भन्दै जनताको पक्षमा काम गर्न सक्ने उम्मेदवार पार्टीले अघि सारेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २, २०७९ बुधवार - २०:१४:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology