Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

प्रतिनिधिसभातर्फ समानुपातिकको बन्द सूचीमा नेपाली काँग्रेसबाट चितवनका ४ नेता परे, को–को परे हेर्नुस् ?

प्रतिनिधिसभातर्फ समानुपातिकको बन्द सूचीमा नेपाली काँग्रेसबाट चितवनका ४ नेता परे, को–को परे हेर्नुस् ?

images

इच्छाकामना न्युज

१९, आश्विन २०७९
प्रतिनिधिसभातर्फ समानुपातिकको बन्द सूचीमा नेपाली काँग्रेसबाट चितवनका ४ नेता परे, को–को परे हेर्नुस् ?
images

चितवन । नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ बुझाएको समानुपातिकको बन्द सूचीमा चितवनका चार जना नेता मात्रै अटाएका छन् । कांग्रेसले अन्तिम दिन संशोधन गर्दै निर्वाचन आयोगमा नामावली पठाएको थियो । अन्तिम संशोधित नामावलीमा चितवनका चार जना नेता मात्रै परेका हुन् ।

खर्सआर्यकोे पुरुषतर्फ भीम थपलिया सूचीमा अटेका छन् । उनको नाम दशौं नम्बरमा रहेको छ । पुरुषतर्फ डा.प्रकाश सरण महतको नाम पहिलो नम्बरमा रहेको छ । पुरुषतर्फ कुल १७ र महिलातर्फ कुल १७ जनाको नाम सूचीमा अटाएको छ ।

त्यसैगरि आदिवासी जनजातिको महिलातर्फ संविधानसभा सदस्य अञ्जनी श्रेष्ठको नाम अटाएको छ । उनको नवौं नम्बरमा नाम रहेको छ । खोटाङकी सरस्वती वजीमयको नाम पहिलो नम्बरमा छ । महिलातर्फ १६ र पुरुषतर्फ १६ जनाको नाम सूचीमा रहेको छ ।

यस्तै दलितको महिलातर्फ चितवनबाट २ जनाको नाम परेको छ । पहिलो नम्बरमै शान्ति परियारको नाम रहेको छ । उनी कांग्रेसको केन्द्रीय सदस्य समेत हुन् । पहिलो नम्बरमा नाम परेसंगै शान्ति सांसद बन्ने लगभग निश्चित जस्तै बनेको छ ।

नेतृ विष्णुमाया परियारको नाम पाँचौं नम्बरमा अटाएको छ । दलितको महिलातर्फ ८ र पुरुषतर्फ ७ जनाको नाम सूचीमा अटाएको छ ।

 
 

images
प्रकाशित मिति :आश्विन १९, २०७९ बुधवार - ११:०६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology