आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले संचालन गरेको निःशुल्क रेबिज रोग विरुद्धको खोप घरदैलो तथा विद्यालय शिक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व रेविज दिवस २०२२ को अवसरमा ‘एक स्वास्थको अबलम्बन, रेबिज बाट शून्य निधन’ भन्ने मुल नाराका साथ असोज ६ गते बिहिबारदेखि सुरु भएको अभियान असोज १२ गते बुधबारबाट सम्पन्न भएको हो।
एक हप्तासम्म चलेको अभियानमा गाउँपालिकाको ६ वटै वडाको ४८२ वटा छाडा तथा घरपालुवा कुकुर र बिरालोलाई रेबिज रोग विरुद्धको खोप लगाइएको छ गाउँपालिकाका पशु सेवा शाखाका चिकित्सक डा. सन्तोष देवकोटाले बताए। अभियानकै क्रममा रेबिज रोगमा आधारित रहेर मित्रता मावि सत्रसय र अकला आधारभुत बिधालय मार्किचोकमा बिधालय शिक्षा सचेतना कार्यक्रम पनि संचालन गरिएको उनले बताए।
यस्तै अभियानकै क्रममा छुट भएका बाँकी पशुहरुको हकमा भने अन्य समयमा गाउँपालिकाकै पशुसेवा शाखाबाट निःशुल्क खोप सेवा उपलब्ध हुने पनि चिकित्सक डा. देवकोटाले बताए।